Tuesday, May 18, 2010
Monday, December 28, 2009
चलेपछी सबैतिर नाउँ हजुरको.........
गजल
आकासिँदो रहेछ भाउ हजुरको।
चलेपछी सबैतिर नाउँ हजुरको।
ओखतिले छुँदैन निको नहुने रोग,
बल्झिएला त्यही घाऊ हजुरको।
भर केही छैन हारजित भन्ने कुरा,
नपर्न सक्छ फेरी दाउ हजुरको।
दिएपछी आफुले पाउने हो सम्मान,
ढोग्ने त्यो परकै पाउ हजुरको।
ज्योतिपुण्ज होइन अरुजस्तै कमल,
नियालेर हेर्दा तलाउ हजुरको।
आकासिँदो रहेछ भाउ हजुरको।
चलेपछी सबैतिर नाउ हजुरको।
आकासिँदो रहेछ भाउ हजुरको।
चलेपछी सबैतिर नाउँ हजुरको।
ओखतिले छुँदैन निको नहुने रोग,
बल्झिएला त्यही घाऊ हजुरको।
भर केही छैन हारजित भन्ने कुरा,
नपर्न सक्छ फेरी दाउ हजुरको।
दिएपछी आफुले पाउने हो सम्मान,
ढोग्ने त्यो परकै पाउ हजुरको।
ज्योतिपुण्ज होइन अरुजस्तै कमल,
नियालेर हेर्दा तलाउ हजुरको।
आकासिँदो रहेछ भाउ हजुरको।
चलेपछी सबैतिर नाउ हजुरको।
Thursday, February 19, 2009
गजल..........
हारेपछी पिरतीमा जोगी भन्न थाले।
मनको घाऊ गहिरो रोगी भन्न थाले।
कति पिउने खालि प्रेम प्याला हजुर,
आँसु मिलाएँ अलि भोगी भन्न थाले।
गरेरै अझै सम्झना फुर्सद कहाँ मलाई,
तपस्या धेरै काठिन योगी भन्न थाले।
चर्चा यहाँ ठुलै, दोश आखिर कसको,
ज्योतिपुण्जलाई मात्रै ढोँगी भन्न थाले।
हारेपछी पिरतीमा जोगी भन्न थाले।
मनको घाऊ गहिरो रोगी भन्न थाले।
मनको घाऊ गहिरो रोगी भन्न थाले।
कति पिउने खालि प्रेम प्याला हजुर,
आँसु मिलाएँ अलि भोगी भन्न थाले।
गरेरै अझै सम्झना फुर्सद कहाँ मलाई,
तपस्या धेरै काठिन योगी भन्न थाले।
चर्चा यहाँ ठुलै, दोश आखिर कसको,
ज्योतिपुण्जलाई मात्रै ढोँगी भन्न थाले।
हारेपछी पिरतीमा जोगी भन्न थाले।
मनको घाऊ गहिरो रोगी भन्न थाले।
Tuesday, January 13, 2009
मेरो चोकको कथा..................
Saturday, January 10, 2009
युद्ध अर्को फेरि........

कलमैको अब अन्तिम लडाईँ साथी.........
गजल
नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरि।
डर सधैं हुने हो कि युद्ध अर्को फेरि।
रगर्तैमा हात हजुर नचोप्ने को छ र?
दाबी गर्छ आफैँलाई शुद्ध अर्को फेरि।
भजन गाउनुपर्ने हो अझै क- कसको?
एूउटा छ खुसी हुँदा क्रुद्ध अर्को फेरि।
कलमैको अब अन्तिम लडाईँ साथी,
बन्दुक समाउनेकै बिरुद्ध अर्को फेरि।
नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरि।
डर सधैं हुने हो कि युद्ध अर्को फेरि।
Subscribe to:
Posts (Atom)



