हारेपछी पिरतीमा जोगी भन्न थाले।
मनको घाऊ गहिरो रोगी भन्न थाले।
कति पिउने खालि प्रेम प्याला हजुर,
आँसु मिलाएँ अलि भोगी भन्न थाले।
गरेरै अझै सम्झना फुर्सद कहाँ मलाई,
तपस्या धेरै काठिन योगी भन्न थाले।
चर्चा यहाँ ठुलै, दोश आखिर कसको,
ज्योतिपुण्जलाई मात्रै ढोँगी भन्न थाले।
हारेपछी पिरतीमा जोगी भन्न थाले।
मनको घाऊ गहिरो रोगी भन्न थाले।
Thursday, February 19, 2009
Tuesday, January 13, 2009
मेरो चोकको कथा..................
Saturday, January 10, 2009
युद्ध अर्को फेरि........

कलमैको अब अन्तिम लडाईँ साथी.........
गजल
नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरि।
डर सधैं हुने हो कि युद्ध अर्को फेरि।
रगर्तैमा हात हजुर नचोप्ने को छ र?
दाबी गर्छ आफैँलाई शुद्ध अर्को फेरि।
भजन गाउनुपर्ने हो अझै क- कसको?
एूउटा छ खुसी हुँदा क्रुद्ध अर्को फेरि।
कलमैको अब अन्तिम लडाईँ साथी,
बन्दुक समाउनेकै बिरुद्ध अर्को फेरि।
नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरि।
डर सधैं हुने हो कि युद्ध अर्को फेरि।
Monday, December 8, 2008
बानी हुन्छ...........
गजल
घाइते मुटु आँफै सिलाउने बानी हुन्छ।
साँचेपनि माया धेरै बिलाउने बानी हुन्छ।
हेर्दा कति रमाइलो जुन ताराको जोडी,
औँसीमा एक्लैक्लै पिलपिलाउने बानी हुन्छ।
घाऊ निको भएपनी खत हुन्छ बाँकी,
बेलाबेला बल्झियेर चिलाउने बानी हुन्छ।
सोचे जस्तो कहाँ हुन्छ साइनो पिरतीको?
छुटायो आज, भोलि मिलाउने बानी हुन्छ।
दिनेछ अवस्य एकदिन उज्यालो जिन्दगीले,
कहिलेकहीँ अँध्यारो दिलाउने बानी हुछ।
Thursday, September 18, 2008
दु:ख पर्यो भन्दैमा रुनु हुन्न हजुर.............
इन्द्रेणीजस्तै आखिर हराउन के बेरगजल
निको नहोला घाऊ छुनु हुन्न हजुर।
दु:ख पर्यो भन्दैमा रुनु हुन्न हजुर।
भएपनि अपवाद दुनियाँको नजरमा,
जमानाजस्तो कहिलै हुनु हुन्न हजुर।
जे भो राम्रै भो,जे होला राम्रै होला,
कालोमैलो चाँदनीको धुनु हुन्न हजुर।
मधुरोमधुरो छ धुन अफ्नै मनभित्रको,
गीत गजल अरुको सुन्नु हुन्न हजुर।
इन्द्रेणीजस्तै आखिर हराउन के बेर,
सप्तरङ्गी सपनाहरु बुन्नु हुन्न हजुर।
हुन सक्छ मन्द बिस बोट भरिभरी,
नयाँनयाँ फुल-पात चुम्नु हुन्न हजुर।
निको नहोला घाऊ छुनु हुन्न हजुर।
दु:ख पर्यो भन्दैमा रुनु हुन्न हजुर।
आज लाग्छ तिम्रो नजर छ बेग्लै..........

गजल
नौलो हेराइको असर छ बेग्लै।
आज लाग्छ तिम्रो नजर छ बेग्लै।
गाउँबस्तीमा अँध्यारो नै अँध्यारो,
झिलिमिली पनि शहर छ बेग्लै।
छुट्यो नाता छाल र किनारको,
चुपचाप एक्लै लहर छ बेग्लै।
साउन भदौमै सुकेपछि खहरे,
परपर सम्म बगर छ बेग्लै।
बिरानो-बिरानो गल्ली चोक-चोक,
तिम्रो बारेमा खबर छ बेग्लै।
नौलो हेराइको असर छ बेग्लै।
आज लाग्छ तिम्रो नजर छ बेग्लै।
Tuesday, September 16, 2008
लाग्यो आफ्नै गजलको धुन हरायो................
गजल
आज फेरी आकाशको जुन हरायो।
लाग्यो आफ्नै गजलको धुन हरायो।
हुँदैन कि मायामा हिसाब बराबरी,
कलियुग हो आखिर गुन हरायो।
जहाँ पनि मिल्छ पित्तल मिसिएको,
अकबरी त्यो जातको सुन हरायो।
बगैँचाभरी बोटबोट थुँगाथुँगा रित्तै,
फुलमा भवँराको भुनभुन हरायो।
जताततै छ अचेल खोजी मन्छेकै,
माया हो कि मन खै कुन हरायो।
आज फेरी आकाशको जुन हरायो।
लाग्यो आफ्नै गजलको धुन हरायो।
Subscribe to:
Posts (Atom)

