गजल
सम्झिएर आँफैलाई, रोउँ जस्तो लाग्थ्यो।
यादलाई तस्बिरै थ्यो,छोउँ जस्तो लाग्थ्यो।
सङ्खा धेरै आँफैमाथि, छामी हेँरे अनि,
एनामाचैँ अर्कै मान्छे,को हुँ जस्तो लाग्थ्यो।
मैलिएको मनै हो कि,मस्तिस्क यो मेरो,
सोचेजती कुरा सबै,धोउँ जस्तो लाग्थ्यो।
लेख्या रै'छ चिन्नलाई,मान्छे आँफैभित्र,
मायापनि लाग्यो पछी,जो हुँ जस्तो लाग्थ्यो।
सम्झिएर आँफैलाई, रोउँ जस्तो लाग्थ्यो।
यादलाई तस्बिरै छ, छोउँ जस्तो लाग्थ्यो।
सुरेश ज्योतिपुञ्ज
No comments:
Post a Comment