गजल
पुरा नहुने अभिलाषा जिन्दगानी।
हर दिन नयाँ आसा जिन्दगानी।
जित भन्दा पनि हार हुन्छ धेरै,
कपटी सकुनिको पासा जिन्दगानी।
छ आफ्नै जिउने नियम अपवाद,
दुनियाँलाई भो तमासा
जिन्दगानी।
न त बुझ्छु सुनेर न बुझ्छु पढेर,
बिरानो एूऊटा भाषा जिन्दगानी।
पुरा नहुने अभिलाषा जिन्दगानी।हर दिन नयाँ आसा जिन्दगानी।
No comments:
Post a Comment