गजल
बुझेँ साथी आज,भाषा जिन्दगानी।
हर दिन नयाँ,आशा जिन्दगानी।
जित भन्दा पनि,हार भयो धेरै,
कपटी सकुनी ,पासा जिन्दगानी।
किनी हेरेँ कति , बेची हेरेँ कति,
मोल कमै भयो ,खासा जिन्दगानी।
जोक्करै भएनि, ठोक्करै खाएनि,
अब एक्का,मिसी,बासा जिन्दगानी।
ज्योतिपुञ्ज सुरेश
हुन त बादशाहा हो तर हामी चलनचल्तिमा 'बाशा' नै भन्छौ। अब काफिया स्विकार्य हुने हो कि होइन?सुझाब पाउँ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment