आऊ सधैं सपनीमा, अझै परीसरी।
भएजस्तो आँफैभित्र, तिमी वरिपरि।
जुनै रोयो कतिकती,तारा झनै बढी,
आकाशै पो रोयो अनि,पर्यो झरीझरी।
उडी जाने रहर कती,प्वाँखै छैन तर,
टाढा टाढा डुलिहिड्छे,मन चरीचरी।
बिर्सीजाने को पर्यो,सम्झिर'ने को छ,
पालैपालो दुबैजना, आज घरीघरी।
अर्धचेतन मनमा बसी,जाने अमर भो,
बाँच्नेचाँही बाँचेँकै छ सधैं मरीमरी।
ज्योतिपुञ्ज सुरेश
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment