गजल
ताराहरु सङ्ग बातै, गरि'रन्छु म त।
कालाछिद्रा कतिकति,तरि'रन्छु म त।
दिगो कहाँ हुन्छ,प्रकाश आफ्नो सधैं,
प्रतिकृया आँफै गरी,भरि'रन्छु म त।
छ कि कतै त्यँहा,अध्यारो त्यो ठाउँ,
धरतिमा बेलाबेला,झरी'रन्छु म त।
मान्छेजस्तै तारा परेँ,मर्नु छँदै छ नि,
भय ठुलै आँफैभित्र,मरि'रन्छु म त।
चिनिदिनु पर्दैन है,हेरे ज्योति पुग्छ,
दुनियाँको नजरमा,परि'रन्छु म त।
चम्किनुछ आफु पनि,चम्काउनु पनि,
ज्योतिपुञ्ज सधैं अब,छरि'रन्छु म त।
prayog....
गजलमा astronomy ra philosophyko fusion.....
ज्योतिपुञ्ज सुरेश
२०६४ चैत
Written 38 mi
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment