Friday, May 30, 2008

कथा आँफैभित्र..................


गजल
लेख्न कति बाँकी कथा आँफैभित्र।
मेट्न कति बाँकी कथा आँफैभित्र।

दिनदिनै देख्छु नौलो नौलो रङ्ग,
भेट्न कति बाँकी कथा आँफै भित्र।

सुनाउनु के खाली आँसुको मात्रै,
सेक्न कति बाँकी कथा आँफैभित्र।

जती लेख्दै गयो लम्बिने डर उती,
छेक्न कति बाँकी कथा आँफैभित्र।

पढ्ने धेरै छन् यहाँ,किन्ने अझ धेरै,
बेच्न कति बाँकी कथा आँफैभित्र।

लेख्न कति बाँकी कथा आँफैभित्र।
मेट्न कति बाँकी कथा आँफैभित्र।

Wednesday, May 28, 2008

जिन्दगानी


गजल
पुरा नहुने अभिलाषा जिन्दगानी।
हर दिन नयाँ आसा जिन्दगानी।

जित भन्दा पनि हार हुन्छ धेरै,
कपटी सकुनिको पासा जिन्दगानी।

छ आफ्नै जिउने नियम अपवाद,
दुनियाँलाई भो तमासा जिन्दगानी।

न त बुझ्छु सुनेर न बुझ्छु पढेर,
बिरानो एूऊटा भाषा जिन्दगानी।

पुरा नहुने अभिलाषा जिन्दगानी।
हर दिन नयाँ आसा जिन्दगानी।

Friday, May 2, 2008

पुछेकी छैनौ आँसु......................


गजल
पुछेकी छैनौ आँसु खसिरा'छ हेर।
घाऊ कति मुटुभित्र बसिरा'छ हेर।

न मरेको छु म न त छु जिउँदै,
घाँटीमा त्येहि पासो कसिरा'छ हेर।

कोसकोस जमेको छ बिस धोकाको
पलपल पिडाले यहाँ डसिरा'छ हेर।

बन्दैछ चित्र आज मेरो क्यानभासमा,
रगतको रङ्ग आफै धसिरा'छ हेर।

जालमा परेको छ अलौकिक सिकार,
'ज्योतिपुण्ज' एक्लैमात्र फसिरा'छ हेर।

पुछेकी छैनौ आँसु खसिरा'छ हेर।
घाऊ कति मुटुभित्र बसिरा'छ हेर।

गजल
बेलाबेला रगत यो बगाउनुको अर्थ के?
फेरी घाउमा मलम लगाउनुको अर्थ के?

सुताउनु थियो भने दिएर बिश आखिर,
बिचमै निन्द्राबाट जगाउनुको अर्थ के?

निम्तो नपाईकन आएको होइन म पनि,
अहिले फेरी पर भागाउनुको अर्थ के?

देखिन्छ बाहिरबाट मन तिम्रो छर्लङ्गै,
मुहारमा मुकुन्डो लगाउनुको अर्थ के?

माया हो यो प्यास बढ्नुपर्ने अझै झन् ,
नरित्याइ प्याला अघाउनुको अर्थ के?

आखिर झरीले पखालिन लेख्या रहेछ,
मनभित्रको चित्र रङ्गाउनुको अर्थ के?

बिछोडमा एक थोपा आसुँ छैन उपहार,
रुमाल पनि मबाटै मगाउनुको अर्थ के?

कुरेको हो आजसम्म बार्ताको प्रस्तावलाई ,
चिट्ठीमा रित्तो कागज पठाउनुको अर्थ के?

बेलाबेला रगत यो बगाउनुको अर्थ के?
फेरी घाउमा मलम लगाउनुको अर्थ के?

Thursday, May 1, 2008

मादल भएको छु.............



गजल
भन्छन् सबैजना पागल भएको छु।
दर्किन फेरी आज बादल भएको छु।

हिर्काऊँदै जाऊ बज्दै जान्छु अझै,
गाऊ लोकभाका मादल भएको छु।

खाली उसलाई सजाउनु मेरो काम,
उसको आँखामा गाजल भएको छु।

होस गर्नु केलाउँदा बियाँ तिमीले,
घुन लाग्या पुरनो चामल भएको छु।

भन्छन् सबैजना पागल भएको छु।
दर्किन फेरी आज बादल भएको छु।

देख्दा खेरी तिमीलाई.......................


गजल
देख्दा खेरी तिमीलाई किन बढ्छ चाप होला।
खोजी हेर मुटुभित्र कहिँ मेरो छाप होला।

भएका छन् धेरै घायल पुगेर तिम्रो वरिपरि,
छुन खोजुँ भने डर त्येतातिर धराप होला।

मनको पिँजडामा थुनी राखुँ भने पनि,
त्यो कतै तिम्रो लागि ठुलै करकाप होला।

मन चोखो भए त माया गर्नु कसैलाई,
मेरो लागि पुण्य हो दुनियाँलाई पाप होला।

अर्थ हुन्छ मेरो लागि तिम्रो हरेक शब्दको,
दु:खायोउ भने चित्त मेरो लागि सराप होला।

सँखा लागे मेरो माया जाँच्न दिन्छु तर,
आकाश जस्तै अनन्त येसको नाप होला।

आजसम्म जिन्दगीमा एुऊटै धुन बजिरह्यो,
नौलो राग गुण्जाउन कहिले आलाप होला।

हुनुपर्छ अब पहिचान मेरो पनि मायाको,
निस्कर्समा पुग्न कतिखेर वार्तालाप होला।