Monday, December 28, 2009

चलेपछी सबैतिर नाउँ हजुरको.........

गजल
आकासिँदो रहेछ भाउ हजुरको।
चलेपछी सबैतिर नाउँ हजुरको।

ओखतिले छुँदैन निको नहुने रोग,
बल्झिएला त्यही घाऊ हजुरको।

भर केही छैन हारजित भन्ने कुरा,
नपर्न सक्छ फेरी दाउ हजुरको।

दिएपछी आफुले पाउने हो सम्मान,
ढोग्ने त्यो परकै पाउ हजुरको।

ज्योतिपुण्ज होइन अरुजस्तै कमल,
नियालेर हेर्दा तलाउ हजुरको।

आकासिँदो रहेछ भाउ हजुरको।
चलेपछी सबैतिर नाउ हजुरको।