Tuesday, January 13, 2009

मेरो चोकको कथा..................


गजल
दु:खपीर सब थोकको कथा।
सुन्ने कि मेरो चोकको कथा!

लाग्ने नलाग्ने सबै रे बिरामी,
रुपैयाँको यो भोकको कथा।

आँखाभरी आँसु,ओठभरी हाँसो
खुशी भनौं या शोकको कथा।

कस्ले लेख्ने?कस्ले पढ्ने बुझ्ने?
अनौठो यस्तै लोकको कथा।

दु:खपीर सब थोकको कथा।
सुन्ने कि मेरो चोकको कथा!

Saturday, January 10, 2009

युद्ध अर्को फेरि........


कलमैको अब अन्तिम लडाईँ साथी.........

गजल
नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरि।
डर सधैं हुने हो कि युद्ध अर्को फेरि।

रगर्तैमा हात हजुर नचोप्ने को छ र?
दाबी गर्छ आफैँलाई शुद्ध अर्को फेरि।

भजन गाउनुपर्ने हो अझै क- कसको?
एूउटा छ खुसी हुँदा क्रुद्ध अर्को फेरि।

कलमैको अब अन्तिम लडाईँ साथी,
बन्दुक समाउनेकै बिरुद्ध अर्को फेरि।

नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरि।
डर सधैं हुने हो कि युद्ध अर्को फेरि।