Wednesday, April 30, 2008

सपनीमा आऊँछ्योउ घरिघरि


गजल

अचेल सपनीमा आऊँछ्योउ घरिघरि।
मनको वरिपरि धाउँछयोउ घरिघरि।

बिर्सिएकी रहिनछ्यौ पुरानो धुन हाम्रो,
तेही सुरमा गजल गाउँछ्यौ घरिघरि।

आऊन पायेको छैन जान हतार हुने,
राखेर दुरी के कुन्नि पाउँछ्यौ घरिघरि।

चाहिन्छ जसरी पनि चाँदनीलाई रात,
कि आधा कि पुरा छाऊँछ्यौ घरिघरि।

जे जस्तो भएपनि तेजिलो देख्छु सधैं,
हिरामोतीकै लुगा लाउँछ्योउ घरिघरि।

अचेल सपनीमा आऊँछ्योउ घरिघरि।
मनको वरिपरि धाउँछ्योउ घरिघरि।

रेल गूड्दै जान्छ,धुँवा उड्दै जान्छ..............


गजल
बिरानो शहरमा यो मन पुग्दै जान्छ।
म उड्छु जस्तै धुँवा उड्दै जान्छ।

रोकिन्न कहिले पनि जिन्दगिको यात्रा,
हुन्छु टाढा अनि रेल गूड्दै जान्छ।

जग अन्तै नयाँ बनिरहेको होला,
जसै सपनाको महल टुट्दै जान्छ।

बलियो के हुन्थ्यो माया धेरै टुटेपछि,
गाँस्न त्येती गाह्रो जती चुँड्दै जान्छ।

कहिले हात सँगै कहिले हुन्छ पर,
थाम्न खोज्दा पनि अझै छुट्दै जान्छ।

बिदा लिन्छ दिनले साँझ पर्न थालेपछि,
घाम क्षितिजपारि पारी जब डुब्दै जान्छ।

जुनरानी पनि झिल्का भै बिलाएपछी,
'ज्योतिपुण्ज' प्रिथीवी पारी लुक्दै जान्छ।

बिरानो शहरमा यो मन पुग्दै जान्छ।
म उड्छु जस्तै धुँवा उड्दै जान्छ।

Tuesday, April 29, 2008

झुक्ने छैन अब..............


गजल
तरवारको सामुपनि झुक्ने छैन अब।
जस्तै घाम लागेपनि सुक्ने छैन अब।

निल्नै परेपनि सबै डर छैन मलाई,
बिश मायाको पिएर थुक्ने छैन अब।

अपवाद हुन सक्छु दुनियाँको लागि,
जमानाको नजरबाट लुक्नेछैन अब।

जती पढ्यो मन उती च्यात्दै जान्छन्,
आफ्नो कथा ब्यथा फुक्ने छैन अब।

उदाउनु रातमा दोश होइन उसको,
चाँदनीलाई हेरेर म भुक्ने छैन अब।

आज छुटे हात एुऊटा भोलि हजार्,
बिदा दिन कसैलाइ चुक्ने छैन अब।

तरवारको सामुपनि झुक्ने छैन अब।
जस्तै घाम लागेपनि सुक्ने छैन अब।

जादुगरी...........


गजल
मोहनी त्यो लट्ठै पार्ने बोली जादुगरी।
नजरको तिर अनि गोली जादुगरी।

दिन दुगुना रात चौगुना बढिराछ माया
आजभन्दा पनि हुनेछ भोली जादुगरी।

छानिँदै छ सबै हामीबिचको भिन्नता,
मायाको हो आखिर यो सोली जादुगरी

दुई किनारमा आज हामी भएर के भो,
नागौँला भोलि साँगुरो खोली जादुगरी

मनकै पिजँडाभित्र थुन्नु भाछ मलाई,
बाँधेर राख अझै भित्र चोली जादुगरी

देख्छु जतातै अचेल नौलो नौलो रङ्ग
लाग्छ हरेक दिन नयाँ होली जादुगरी।।

आऊनेछु लिएर म जन्ती उज्यालोको।
'ज्योतिपुण्ज' सँग सँगै टोली जादुगरी।

मोहनी त्यो लट्ठै पार्ने बोली जादुगरी।
नजरको तिर अनि गोली जादुगरी।

अबको महाभारत...........




गजल

दीऊँसै यहाँँ तारा झार्ने कुरा नगर।
फेरी रगत पोल्टामा पार्ने कुरा नगर।

येसपाली हुन्न भीस्मपीतामहको जन्म,
मत्स्यगन्धा सान्तनुलाई तार्ने कुरा नगर।

काम लाग्नेछैन अब सकुनीको पासा,
सधैँ जीवन जुवा जीत्ने हार्ने कुरा नगर।

गोपिनिको त्यो गति, क्रिस्नको लिला रे,
द्रौपदीको अस्मिता उघार्ने कुरा नगर


आज मरेर के भो भोली जन्मिन्छ ऊ,
अजरमर छ अभीमन्यू मार्ने कुरा नगर।

हरेक मान्छे एक्लब्य यसपालीको कथामा,
षड्यन्त्र भो द्रोणाचार्य सार्ने कुरा नगर।

चहिन्न भो फेरी त्येस्तै युद्ध हामीलाई,
फेरी पनि कूरूक्षेत्र खार्ने कुरा नगर।

दीऊँसै यहाँँ तारा झार्ने कुरा नगर।
फेरी रगत पोल्टामा पार्ने कुरा नगर।

अलग्गै बाटो...............


गजल

विचारमा नौलोनौलो फाटो देखियो।
आज हाम्रो अलग्गै बाटो देखियो।

देखाऊने दाँत अर्कै चपाउने अर्कै,
तिमीभित्र फरकै पाटो देखियो।

पूर्न खोजेको हो मैले सबै भिन्नता,
त्येही ठाउँमा बढी माटो देखियो।

निको त भएछन् हेर्दा घाऊ तर,
मनभित्र कति धेरै खाटो देखियो।

खुबै थियो धाक चोखो मायाको,
'ज्योतिपुण्ज' पनि लाटो देखियो।

के अर्थ?

बुलबुलको कथा....coming soon

धुवाँ उड्दै जान्छ coming soon......

बटुवाको कथा........ चाडै आउँदै छ.......

Monday, April 28, 2008

को हो मेरो हत्यारा............


गजल
बादलुलाई चिरेर घाम खोज्दैछु।
अचेल नयाँ नयाँ काम खोज्दैछु।

बस्थेँ म पहिला पापीहरुको शहरमा,
चोख्याउन आँफैलाई धाम खोज्दैछु।

कागज छ त्येसमा शब्द छैन केही,
नाम मात्र चिट्ठीलाई खाम खोज्दै छु।

मिल्छ कतातिर कुन्नि सित्तैमा आसुँ,
थप्नलाई अलिकती ,लाम खोज्दैछु।

लियेको मैले, उसको अग्निपरिछ्या,
कलियुगमा आफैँभित्र राम खोज्दैछु।

खबर पढेँ आज खुलेआम हत्या भो,
को हो मेरो हत्यारा नाम खोज्दैछु।

बादलुलाई चिरेर घाम खोज्दैछु।
अचेल नयाँ नयाँ काम खोज्दैछु।

साईनो आज खेल भयो भन्छे.........


गजल
हाम्रो साईनो आज खेल भयो भन्छे।
मेरो मनको घर पनि जेल भयो भन्छे।

जुवा हो रे जिन्दगी जुवा हो रे माया,
मबाटै खाली झेल भयो भन्छे।

गोही जस्तो छ रे मेरो बानी पनि,
आसुँ धेरै मेरो भेल भयो भन्छे।

मेरो लिग अर्कै, उसको लिग अर्कै रे,
अलग हाम्रो आज रेल भयो भन्छे।

हिजोसम्म कोश कोश एुऊटै छ भन्थी,
अाजदेखी बिचारमा बेमेल भयो भन्छे।

हाम्रो साईनो आज खेल भयो भन्छे।
मेरो मनको घर पनि जेल भयो भन्छे।

Sunday, April 27, 2008

हिमालयकी छोरी..................


गजल
बस्न देऊ नानीमा आँखा तयार राख।
तिम्रै धुनमा गाऊँछु भाका तयार राख।

बन्द थियो क्यारे अरुको लागि त्यो,
अौँदैछु म मनमा, नाका तयार राख।

बस्नुछैन मलाई यो बिरानो शहरमा,
हिमालयकी छोरी, पाखा तयार राख।

कस्तो हुने स्वरूप हाम्रो सम्बन्धको,
खेस्रामै सही तर खाका तयार राख।

बस्न देऊ नानीमा आँखा तयार राख।
तिम्रै धुनमा गाऊँछु भाका तयार राख।

म पिउँला जीवन धुँवाधुँवा बनाई...........



गजल
बाँकी जलन पनि मलाई देऊ अब।
झिल्का होउ भने जलाई देऊ अब।

म पिउँला जीवन धुँवाधुँवा बनाई,
बाल्ने छु राकोँ सलाई देऊ अब।

ओसिएको छैन अझै आँसुले म,
फुक बेलाबेला चलाई देऊ अब।

नपग्लिने दुनियाँमा के नै पो छ र?
फलामै हुँ भने गलाई देऊ अब,

जती बल्छु त्येती तिम्रो सफलता,
बेइमनी धेरै भो भलाई देऊ अब।

बाँकी जलन पनि मलाई देउ अब।
झिल्का होउ भने जलाई देऊ अब।

Friday, April 25, 2008

ऐनामा हेर्दा पनि, डर आँफैसँग.............


गजल
मलाई छैन अचेल, भर आँफैसँग।
ऐनामा हेर्दा पनि, डर आँफैसँग।

किन्याछु नयाँ मुकुन्डो गजबको
लाऊन गर्छु मुहारमा, कर आँफैसँग।

चहिन्न भो सहयात्राी यात्रामा अब,
चौतारोकै छन् पिपल-बर आँफैसँग।

घामले पोले के भो,पानीले रुझे के भो,
छानो छ अकासको, खर आँफैसँग।

बिरानो लाग्छ शहरबजार अचेल,
मनको एुऊटा कुना घर आँफैसँग।

मलाई छैन अचेल, भर आँफैसँग।
ऐनामा हेर्दा पनि, डर आँफैसँग।

साईनो तोडेको हुँ मैले.............


गजल
भाँचीदा पटकपटक जोडेको हुँ मैले।
आखिरीमा साईनो तोडेको हुँ मैले।

मैले पनि देखेको छु भँवरा झुमेको,
माली भैइ त्यो फुल, गोडेको हुँ मैले।

हरेक पल आऊँछ सिकायेर जान्छ।
येसपाली देखी रुन ,छोडेको हुँ मैले।

भेट हुँदा फेरी मुलबाटोमा आज,
गोरेटोतिर पाइला, मोडेको हुँ मैले।

बाहिर अर्कै देख्छु, भित्र अर्कै हुन्छन्,
खोल नयाँ त्येसपछि, ओढेको हुँ मैले।

मलाई प्यारो लाग्छ आफ्नै कथा-ब्यथा,
कहानी गजबको छ छोडेको, हुँ मैले।

भाँचीदा पटकपटक जोडेको हुँ मैले।
आखिरीमा साईनो, तोडेको हुँ मैले।

ताराहरुसगैँ साउती.......



गजल
ताराहरुसगैँ साउती गरिरन्छु म त।
चाँदनीको नजरमा परिरन्छु म त।

आकाशगंगा नै हो मेरो बासस्थन्,
उल्का जती सबै चरिरन्छु म त।

लागिरन्छ मलाई पृथ्वीको माया,
बेलाबेला धरतिमा झरिरन्छु म त।

छ कि कतैतिर अध्याँरोको अवसेश,
बेला बेला चियोचर्चो गरिरन्छु म त।

अन्त्य छ मेरो पनि अध्याँरोमै साथी,
यही डरले पलपल मरिरन्छु म त।

लिएको उज्यालो मैले 'सुपरनोवा' बाट
'ज्योतिपुण्ज' भैइ अब छरिरन्छु म त।

ताराहरुसगैँ साउती गरिरन्छु म त।
चाँदनीको नजरमा परिरन्छु म त।

Wednesday, April 23, 2008

'ज्योतिपुण्ज' नाऊँ मेरो।

गजल
लेख्दैछु म आज गजल अनौठो।
भन्छन् सबै मलाई असल अनौठो।

पाईन्छ सित्तैमा मायाप्रेम यहाँ,
खोलेको छु मैले पसल अनौठो।

गरिखान नदिने भए अरुले मलाई,
बेला बेला गर्छन् दखल अनौठो।

लागिरन्छ सधैँ फुट्ने डर मलाई,
सिसाको छ सपना, महल अनौठो।

एकपल्ट आयो प्रस्ताव मायाको,
धोका आखिरीमा पहल अनौठो।

देख्छु म जताततै मान्छेको भिड,
घरहरुको शहर जङल अनौठो।

हासोँ दिएर अरुलाई आसुँ लिन्छु म,
रुनलाई हो पछी अक्कल अनौठो।

घुम्दैछु अचेल कुनाकुना ब्रह्म्मान्ड,
साईनो छ प्रिथिविको मंगल अनौठो।

हिलोमा होइन आकासमा फुल्ने परेँ म,
'ज्योतिपुण्ज' नाऊँ मेरो कमल अनौठो।

लेख्दैछु म आज गजल अनौठो।
भन्छन् सबै मलाई असल अनौठो।

उसलाई छुरी चाहियो रे..........

गजल
जानु पर्‍यो रे टाढा दूरी चाहियो रे।
पिठ्युँमा मेरो धस्न छुरी चाहियो रे।

हल्लाउन नसकेसी मेरो आस्थाको बोट,
हावाको झोँका पुगेन आँधिहुरी चाहियो रे।

सौकिन छे ऊ सिकार गर्नलाई मेरो,
नाम मात्रको मबाटै मन्जुरी चाहियो रे।

जुन टिप्नु भनेको भये सक्थेँ बरु म,
हातमा लाउन सुनको चुरी चाहियो रे।

चडेछन् धेरैले घोडा, लडेछन् पनि,
रहर पुरा गर्न घरको धुरी चाहियो रे।

म आफैँ अब गनाउने भए रे वरिपरि,
बास्ना छर्न उसको कस्तुरी चाहियो रे।

जानु पर्‍यो रे टाढा दूरी चाहियो रे।
पिठ्युँमा मेरो धस्न छुरी चाहियो रे।

सुरेश 'ज्योतिपुण्ज'

हिन्दी-उर्दु गजल

गजल
समन्दर हे सामाने प्यासा हुँ मे।
हर दिन नैइ एक आसा हुन मे।

अछा लगता हे खुद्से बात् कर्ना,
पीता हुन् खुद्को नसा हुँ मे।

जिन्दा हुँ आज खुदाकी दुवाँ से,
लग्ता था कभीकभी सजा हुँ मे।

मिलेगा नही समझने वाला कोही,
अलगसी एक नैइ भाषा हुँ मे।

फरक हे मेरा जिनेका अन्दाज्,
यिस जमानेके लिये तमासा हुँ मे।

किताब आएगा तो पढ्ना जरूर,
कहानी गजबकी एक् मजा हुँ मे।

समन्दर हे सामाने प्यासा हुँ मे।
हर दिन नैइ एक आसा हुन मे।

सुरेश 'ज्योतिपुण्ज'

Tuesday, April 22, 2008

परिचय


गजल
कहाँँ देखि आयोउ नाऊँ के हो तिम्रो?
शहरबजार हो कि गाउँ के हो तिम्रो?

जे पनि मिल्छ किन्नलाई यहाँ त,
साईनो जोडने हो भाउ के हो तिम्रो?

सडयन्त्र गर्दैछ्यौ कि तिमी यतातिर?
माया या धोका दाउ के हो तिम्रो?

रगतैरगतले लत्पतियेको देख्छु म त,
बचन या बन्चरो घाऊ के हो तिम्रो?

सबै हिसाबकितब हुन्छ पाप पुण्यको।
स्वर्ग हो कि नर्क ठाउँ के हो तिम्रो?

कहाँँ देखि आयोउ नाऊँ के हो तिम्रो?
शहरबजार हो कि गाउँ के हो तिम्रो?

मायाको काहानी


गजल
लेख्दैछु म मायाको कहानी एेऊटा।
बस्थिन् यो मुटुमा 'जुनरानी' एेऊटा।

फुल चुस्दै हिंड्ने उनको बानी रहेछ,
रित्याएर गैईन जिन्दगानी एेऊटा।

प्यारो लाग्थ्यो त्यो पनि उनको,
घरीघरी रुवाउने बानी एेऊटा।

पियेको थिएँ आसुँ पनि उनको मैले,
स्वाद गजबको थोपा पानी एेऊटा।

गर्थ्योउँ हामी धेरै कल्पनाको उडान,
एस्तो पनि थियो जवानी एेऊटा।

आज एक्लैइ उड्छु, भन्छिन् मलाई,
देखेँ पहिलोचोटी बेइमानी एेऊटा।

घटेका ती तीतामीठा सबै घटनाहरु,
भुल्न गाह्रो छ सपना ठानी एेऊटा।

लेख्दैछु म मायाको कहानी एेऊटा।
बस्थिन् यो मुटुमा 'जुनरानी' एेऊटा।

Monday, April 21, 2008

फुलभन्दा पनि काडाँ


गजल
फुलभन्दा पनि काडाँ धेरै छन्।
तिम्रोहाम्रो मायामा भाडाँ धेरै छन्।

नाचीरहन्छ अझै तिम्रै मत्रै मुहर,
दिन रात याद गाढा धेरै छन्।

कहाँ कहाँ उडिजान्छे मनचरी,
खेल्छन् कुराहरु छाडा धेरै छन्।

सम्भव छैन अब सँगम कहिले,
'ज्योतिपुन्ज,जुनरानी' टाढा धेरै छन्।

फुलभन्दा पनि काडाँ धेरै छन्।
तिम्रोहाम्रो मायामा भाडाँ धेरै छन्।

बदनाम भएको छु


गजल
बदनाम भएको छु आज हजुरको शहरमा।
पिउनु पर्‍यो बिश आज हजुरको रहरमा।

भन्थ्यो दुनियाँले गयो जमाना तेरो,
पुरानो म भएँ क्यारे हजुरको प्रहरमा।

जती नशा चढ्यो उती पिउँ लाग्ने,
के थियो जादु कुन्नि हजुरको असरमा।

मैले पनि चिनेको छु धेरै निस्ठुरी
सोझो मान्छेकै चिता हजुरको बगरमा।

चोट गहिरो हुन्छ भन्छन् बचनको धेरै,
घाउ हुन्न कत्तिपनि हजुरको पत्थरमा।

रिस पिरतिको पोख्नुपरयो मुटुमाथि,
उही छ मुहार पनि हजुरको खन्जरमा।

कमैले चिन्छन् सक्कली हिरामोतीलाई,
केही छ खोट सायेद हजुरको नजरमा।

तारा पनि हेर्न आऊँथे लुखिछिपी उसैलाई,
जुन खोइ आज चम्किँदैन हजुरको सगरमा।

बदनाम भएको छु अज हजुरको शहरमा।
पिउनु पर्यो बिश आज हजुरको रहरमा।


अचेल मलाई रुन आऊँदैन।


गजल
मनको घाऊ धुन आऊँदैन।
अचेल मलाई रुन आऊँदैन।

तिम्रो आवाजको के कुरा गर्छौ,
आफ्नै धुन पनि सुन्न आऊँदैन।

एुऊटा थियो दिसकेँ कसैलाई,
कुसुमे रुमाल बुन्न आऊँदैन।

छ आफ्नै सानो संसार मसँग,
अरुजस्तो मलाई हुन आऊँदैन।

मेरो छायाँ नै हो मेरो साथी,
अरुको मनलाई छुन आऊँदैन।

आँफै उज्यालो आफ्नै अकाशको,
'ज्योतिपुन्ज' सगँ जुन आऊँदैन।

मनको घाऊ धुन आऊँदैन।
अचेल मलाई रुन आऊँदैन।

जाली मायालु।




गजल

भो अब चाहिन्न तिम्रो ताली मायालु।
अंम्रीत ठानी पिउँला बरु गाली मायालु।

कालोमैलो पनि देखने भाछु म त,
गोरी भनु कि तिमीलाई काली मायालु।

भन्न त भन्थ्योउ पुज्नुछ मनको देउता,
रीत्तो हुन्थ्यो हातमा तिम्रो थाली मायालु।

गाह्रो हुनेछ तिमीलाई एक्लै जीउन,
के राख्थ्योउ सिउँदो खाली मायालु।

को हो सिकार यहाँ, को हो सिकारी
नाम राखीदिएँ तिम्रो जाली मायालु।

पिरतीका उजाड उजाड बस्तिहरुमा,
सप्रिनेछ एकदिन यहाँ बाली मायालु।

भो अब चाहिन्न तिम्रो ताली मायालु।
अंम्रीत ठानी पिउँला बरु गाली मायालु।

Saturday, April 19, 2008

गजल छँदै छ


गजल
छोडेर गई उ,गजल छँदै छ।
तोडेर गई उ,गजल छँदै छ।

अरुसँगै आज नौलो नाता,
जोडेर गई उ,गजल छँदै छ।

अरुकै रहेछ पछयौरी उपहार,
ओढेर गई उ,गजल छँदै छ।

दोबाटोमा भेटेको थिएँ आज,
मोडेर गई उ,गजल छँदै छ।

फुल हुँ म, तर पात धेरै,
गोडेर गई उ,गजल छँदै छ।

छोडेर गई उ,गजल छँदै छ।
तोडेर गई उ,गजल छँदै छ।

साथी भेटेको छु


गजल
मन मील्ने एुउटा साथी भेटेको छु।
साथी भन्दा पनी माथी भेटेको छु

आँखैमा राख्दापनी नबिझाउने उनी,
देउता भन्दा पनी जाती भेटेको छु।

नभेटीएका होइनन् साथीहरु यात्रामा,
जीन्दगीमा धेरैधेरै घाती भेटेको छु।

नाम सोध्दा चाँदनी हो भन्छीन्,
उनकै आग्रह अनुसार राती भेटेको छु।

छोडेकी छीन् रे उन्ले पीरतीको चीनो,
देउरालीमा फुल अनी पाती भेटेको छु।

मन मील्ने एुउटा साथी भेटेको छु।
साथी भन्दा पनी माथी भेटेको छु

मात जीन्दगीको.............


गजल
गर्दीन भो तीमीसँग बात जीन्दगीको।
एक्लै काटुँला अब रात जीन्दगीको।

पिरतिमा नसा मात्र, देख्नु गल्ती मेरो,
पीएरै अब चढाउँछु मात जीन्दगीको।

सीधै बीदा दीनुपर्छ भन्ने केही छैन,
बोलेरै गर्छ्यौ तीमी घात जीन्दगीको।

आयो फेरी आज पत्झड्को बहार,
उडेर कता गयो पात जीन्दगीको।

कहीले भेटीने हो कीताब मायाको,
'ज्योतिपुण्ज' खोज्छ खात जीन्दगीको।

सपना भए म, साकार तीमी


गजल
सपना भए म, साकार तीमी।
चीत्र भए म, आकार तीमी।

हल्ला छ पुरै शहरबजारमा,
तातो तातो समाचार तीमी।

छौ तीमी सबै कोश्कोश्मा,
सोच्दा मैले, बीचार तीमी।

चहीन्न अब कोही पनी मलाई,
एकजना होइनौ, हजार तीमी।

सपना भए म, साकार तीमी।
चीत्र भए म, आकार तीमी।

Thursday, April 17, 2008

तीमीले पनी उठ्नुपर्छ मैले उठेपछी


गजल
तीमीले पनी उठ्नुपर्छ मैले उठेपछी।
तीमीले पनी जुट्नुपर्छ मैले जुटेपछी।

गाह्रो छ भन्छन मन चोर्न यहाँ,
तीमीले पनी लुट्नुपर्छ मैले लुटेपछी।

सँगै बाँच्ने सँगै मर्ने कसम छ हाम्रो,
तीमीले पनी फुट्नुपर्छ मैले फुटेपछी।

जिन्दगीमा धेरै, गल्ती होलान् हाम्रा,
तीमीले पनी कुट्नुपर्छ मैले कुटेपछी।

तीमीले पनी उठ्नुपर्छ मैले उठेपछी।
तीमीले पनी जुट्नुपर्छ मैले जुटेपछी।

सुहाएको नाकमा फुली हजुरलाई



गजल
कत्ती सुहाएको नाकमा फुली हजुरलाई।
सबै सीतल हीमाल चुली हजुरलाई।

खोल्न पाऊँछ एुउटैले मनको दैलो मेरो,
हातमा साँचो दीँदै भन्छु मुली हजुरलाई।

कहीले भेट्छु एुऊटा कुन कहिले अर्कोतिर,
फुर्सद छैन मनभित्र डुली हजुरलाई।

नाम पनी नयाँ राख्नुपर्‍यो अबदेखी,
बोलाऊँछु अब भन्दै ठुली हजुरलाई।

लाने हो की अन्तै कतै बगाएर समयले,
बाँच्न म कसरी सकुँला भुली हजुरलाई।

कत्ती सुहाएको नाकमा फुली हजुरलाई।
सबै सीतल हीमाल चुली हजुरलाई।

Wednesday, April 16, 2008

मेरै लागि हुन्छन् मेरा गजलहरु


गजल
मेरै लागि हुन्छन् मेरा गजलहरु।
अज फेरी रुन्छन मेरा गजलहरु।

दुनियाँले कान थुनेर के भो र,
मेरै कुरा सुन्छन् मेरा गजलहरु।

चोपनु पर्दैन आँफैलाई गंगाजलैमा,
मन्को मैलो धुन्छन् मेरा गजलहरु।

पर्ला फेरी आँखामा आँसुको खडेरी
परेलीभित्रै थुन्छन् मेरा गजलहरु।

छैन यहाँ ब्यथा बुझिदिने कोही,
कथा मेरै बुन्छन् मेर गजलहरु।

मेरै लागि हुन्छन् मेरा गजलहरु।
अज फेरी रुन्छन मेरा गजलहरु।

चोट कत्तीकत्ती


गजल
बेचे बजारमा माया नोट कत्तीकत्ती।
सँगाली राखे एसैलाई चोट कत्तीकत्ती।

जुनमा पनि कालो मैलो हुन्छ धेरै,
नियालेर हेर तिमी खोट कत्तीकत्ती।

फाटेपछी माया सिलाउने चलन छैन,
दौरा सुरुवाललाई कोट कत्तीकत्ती।

कहिले फुल्छ सुनाखरी कहिले सएपत्री,
माली असल भए बोट कत्तीकत्ती।

तिमीले माया मारेर के भो र,
चोखो मायालाई भोट कत्तीकत्ती।

बेचे बजारमा माया नोट कत्तीकत्ती।
सँगाली राखे एसैलाई चोट कत्तीकत्ती।

सँगै भिज्नुको मजा अर्कै हुन्छ


गजल

बर्षातमा सँगै भिज्नुको मजा अर्कै हुन्छ।
तिमीसँग माया सिक्नुको मजा अर्कै हुन्छ।

तिमीलाई गुमाउनु हार नै हो भन्छौ भने,
हारेर पनि जित्नुको मजा अर्कै हुन्छ।

फिर्ता गर्नेछु म तस्बिरहरु सबै तिम्रा,
मनमा याद खिच्नुको मजा अर्कै हुन्छ।

जसले पनि चुम्छ बाटिकाको गुलाफ,
भिरको गुराँस टिपनुको मजा अर्कै हुन्छ।

बर्षातमा सगै भिज्नुको मजा अर्कै हुन्छ।
तिमीसँग माया सिक्नुको मजा अर्कै हुन्छ।

हिन्दी-उर्दु बिशेष

गजल

मे एक खयाल हुँ खयालोके भिडमे।
आजतक जिन्द हुँ सवालोके भिडमे।

अलग जो हे मेरा जिनेका अन्दाज,
तमासा होगया दुनियाँवालोके भिडमे।

मरिज्-ए-मुहब्बत होगया दिल अपना तो,
नाम आएगा मेरा दिलवालोके भिडमे।

सुन्ना पडेगा एकदिन सारे जहाँको,
नयाँ हे सेर मेरा गजलोके भिडमे।

मे एक खयाल हुन खयालोके भिड्मे।
जिन्दा हुँ आज भि सवालोके भिडमे।

बिक्रित ज्योतिपुन्ज

रातै बैगुनी


गजल
कहिले औँसी,कहिले पुर्णे रातै बैगुनी।
कहिले सँगै कहिले पर हातै बैगुनी।

दुइतर्फी माया लगाउन धेरै गाह्रो,
निस्ठुरी यो मायाको जातै बैगुनी।

जतिसुकै सम्हालेर राख्न खोज्दा पनि,
खसिजाने रुखबाट पातै बैगुनी।

कालोलाई देख्छु सेतो सेतोलाई कालो,
नशा न हो आखिर यो मातै बैगुनी।

कहिले सँगै कहिले पर हातै बैगुनी।
कहिले औसी कहिले पुर्णे रातै बैगुनी।

ओठमा छाल हजुरको


गजल
छुनुमुनु छुनुमुनु चाल हजुरको
चल्छ अझै ओठमा छाल हजुरको।

याद गरेर अचेल फुर्सद छैन मलाई,
के छ कुन्नी मनको हाल हजुरको।


रिसाउन पनि कत्ती मिठो अाउने,
सुन्न पये हुन्थ्यो गाल हजुरको।


मनको कुनामा थुन्नु भाछ मलाई,
छुतन मन नलाग्ने जाल हजुरको।


बहने पो हो कि अन्तैतिर कतै
राम्रो छैन समय काल हजुरको

छुनुमुनु छुनुमुनु चाल हजुरको
चल्छ अझै ओठमा छाल हजुरको।