Friday, April 25, 2008

ताराहरुसगैँ साउती.......



गजल
ताराहरुसगैँ साउती गरिरन्छु म त।
चाँदनीको नजरमा परिरन्छु म त।

आकाशगंगा नै हो मेरो बासस्थन्,
उल्का जती सबै चरिरन्छु म त।

लागिरन्छ मलाई पृथ्वीको माया,
बेलाबेला धरतिमा झरिरन्छु म त।

छ कि कतैतिर अध्याँरोको अवसेश,
बेला बेला चियोचर्चो गरिरन्छु म त।

अन्त्य छ मेरो पनि अध्याँरोमै साथी,
यही डरले पलपल मरिरन्छु म त।

लिएको उज्यालो मैले 'सुपरनोवा' बाट
'ज्योतिपुण्ज' भैइ अब छरिरन्छु म त।

ताराहरुसगैँ साउती गरिरन्छु म त।
चाँदनीको नजरमा परिरन्छु म त।

No comments: