Monday, April 21, 2008

जाली मायालु।




गजल

भो अब चाहिन्न तिम्रो ताली मायालु।
अंम्रीत ठानी पिउँला बरु गाली मायालु।

कालोमैलो पनि देखने भाछु म त,
गोरी भनु कि तिमीलाई काली मायालु।

भन्न त भन्थ्योउ पुज्नुछ मनको देउता,
रीत्तो हुन्थ्यो हातमा तिम्रो थाली मायालु।

गाह्रो हुनेछ तिमीलाई एक्लै जीउन,
के राख्थ्योउ सिउँदो खाली मायालु।

को हो सिकार यहाँ, को हो सिकारी
नाम राखीदिएँ तिम्रो जाली मायालु।

पिरतीका उजाड उजाड बस्तिहरुमा,
सप्रिनेछ एकदिन यहाँ बाली मायालु।

भो अब चाहिन्न तिम्रो ताली मायालु।
अंम्रीत ठानी पिउँला बरु गाली मायालु।

No comments: