Wednesday, April 16, 2008

रातै बैगुनी


गजल
कहिले औँसी,कहिले पुर्णे रातै बैगुनी।
कहिले सँगै कहिले पर हातै बैगुनी।

दुइतर्फी माया लगाउन धेरै गाह्रो,
निस्ठुरी यो मायाको जातै बैगुनी।

जतिसुकै सम्हालेर राख्न खोज्दा पनि,
खसिजाने रुखबाट पातै बैगुनी।

कालोलाई देख्छु सेतो सेतोलाई कालो,
नशा न हो आखिर यो मातै बैगुनी।

कहिले सँगै कहिले पर हातै बैगुनी।
कहिले औसी कहिले पुर्णे रातै बैगुनी।

No comments: