Wednesday, April 30, 2008

रेल गूड्दै जान्छ,धुँवा उड्दै जान्छ..............


गजल
बिरानो शहरमा यो मन पुग्दै जान्छ।
म उड्छु जस्तै धुँवा उड्दै जान्छ।

रोकिन्न कहिले पनि जिन्दगिको यात्रा,
हुन्छु टाढा अनि रेल गूड्दै जान्छ।

जग अन्तै नयाँ बनिरहेको होला,
जसै सपनाको महल टुट्दै जान्छ।

बलियो के हुन्थ्यो माया धेरै टुटेपछि,
गाँस्न त्येती गाह्रो जती चुँड्दै जान्छ।

कहिले हात सँगै कहिले हुन्छ पर,
थाम्न खोज्दा पनि अझै छुट्दै जान्छ।

बिदा लिन्छ दिनले साँझ पर्न थालेपछि,
घाम क्षितिजपारि पारी जब डुब्दै जान्छ।

जुनरानी पनि झिल्का भै बिलाएपछी,
'ज्योतिपुण्ज' प्रिथीवी पारी लुक्दै जान्छ।

बिरानो शहरमा यो मन पुग्दै जान्छ।
म उड्छु जस्तै धुँवा उड्दै जान्छ।

No comments: