Wednesday, April 23, 2008

'ज्योतिपुण्ज' नाऊँ मेरो।

गजल
लेख्दैछु म आज गजल अनौठो।
भन्छन् सबै मलाई असल अनौठो।

पाईन्छ सित्तैमा मायाप्रेम यहाँ,
खोलेको छु मैले पसल अनौठो।

गरिखान नदिने भए अरुले मलाई,
बेला बेला गर्छन् दखल अनौठो।

लागिरन्छ सधैँ फुट्ने डर मलाई,
सिसाको छ सपना, महल अनौठो।

एकपल्ट आयो प्रस्ताव मायाको,
धोका आखिरीमा पहल अनौठो।

देख्छु म जताततै मान्छेको भिड,
घरहरुको शहर जङल अनौठो।

हासोँ दिएर अरुलाई आसुँ लिन्छु म,
रुनलाई हो पछी अक्कल अनौठो।

घुम्दैछु अचेल कुनाकुना ब्रह्म्मान्ड,
साईनो छ प्रिथिविको मंगल अनौठो।

हिलोमा होइन आकासमा फुल्ने परेँ म,
'ज्योतिपुण्ज' नाऊँ मेरो कमल अनौठो।

लेख्दैछु म आज गजल अनौठो।
भन्छन् सबै मलाई असल अनौठो।

No comments: