Thursday, February 19, 2009

गजल..........

हारेपछी पिरतीमा जोगी भन्न थाले।
मनको घाऊ गहिरो रोगी भन्न थाले।

कति पिउने खालि प्रेम प्याला हजुर,
आँसु मिलाएँ अलि भोगी भन्न थाले।

गरेरै अझै सम्झना फुर्सद कहाँ मलाई,
तपस्या धेरै काठिन योगी भन्न थाले।

चर्चा यहाँ ठुलै, दोश आखिर कसको,
ज्योतिपुण्जलाई मात्रै ढोँगी भन्न थाले।

हारेपछी पिरतीमा जोगी भन्न थाले।
मनको घाऊ गहिरो रोगी भन्न थाले।