Monday, December 8, 2008

बानी हुन्छ...........


गजल
घाइते मुटु आँफै सिलाउने बानी हुन्छ।
साँचेपनि माया धेरै बिलाउने बानी हुन्छ।

हेर्दा कति रमाइलो जुन ताराको जोडी,
औँसीमा एक्लैक्लै पिलपिलाउने बानी हुन्छ।

घाऊ निको भएपनी खत हुन्छ बाँकी,
बेलाबेला बल्झियेर चिलाउने बानी हुन्छ।

सोचे जस्तो कहाँ हुन्छ साइनो पिरतीको?
छुटायो आज, भोलि मिलाउने बानी हुन्छ।

दिनेछ अवस्य एकदिन उज्यालो जिन्दगीले,
कहिलेकहीँ अँध्यारो दिलाउने बानी हुछ।

Thursday, September 18, 2008

दु:ख पर्यो भन्दैमा रुनु हुन्न हजुर.............

इन्द्रेणीजस्तै आखिर हराउन के बेर
गजल
निको नहोला घाऊ छुनु हुन्न हजुर।
दु:ख पर्यो भन्दैमा रुनु हुन्न हजुर।

भएपनि अपवाद दुनियाँको नजरमा,
जमानाजस्तो कहिलै हुनु हुन्न हजुर।

जे भो राम्रै भो,जे होला राम्रै होला,
कालोमैलो चाँदनीको धुनु हुन्न हजुर।

मधुरोमधुरो छ धुन अफ्नै मनभित्रको,
गीत गजल अरुको सुन्नु हुन्न हजुर।

इन्द्रेणीजस्तै आखिर हराउन के बेर,
सप्तरङ्गी सपनाहरु बुन्नु हुन्न हजुर।

हुन सक्छ मन्द बिस बोट भरिभरी,
नयाँनयाँ फुल-पात चुम्नु हुन्न हजुर।

निको नहोला घाऊ छुनु हुन्न हजुर।
दु:ख पर्यो भन्दैमा रुनु हुन्न हजुर।

आज लाग्छ तिम्रो नजर छ बेग्लै..........


गजल
नौलो हेराइको असर छ बेग्लै।
आज लाग्छ तिम्रो नजर छ बेग्लै।

गाउँबस्तीमा अँध्यारो नै अँध्यारो,
झिलिमिली पनि शहर छ बेग्लै।

छुट्यो नाता छाल र किनारको,
चुपचाप एक्लै लहर छ बेग्लै।

साउन भदौमै सुकेपछि खहरे,
परपर सम्म बगर छ बेग्लै।

बिरानो-बिरानो गल्ली चोक-चोक,
तिम्रो बारेमा खबर छ बेग्लै।

नौलो हेराइको असर छ बेग्लै।
आज लाग्छ तिम्रो नजर छ बेग्लै।

Tuesday, September 16, 2008

लाग्यो आफ्नै गजलको धुन हरायो................

फुलमा भवँराको भुनभुन हरायो
गजल
आज फेरी आकाशको जुन हरायो।
लाग्यो आफ्नै गजलको धुन हरायो।

हुँदैन कि मायामा हिसाब बराबरी,
कलियुग हो आखिर गुन हरायो।

जहाँ पनि मिल्छ पित्तल मिसिएको,
अकबरी त्यो जातको सुन हरायो।

बगैँचाभरी बोटबोट थुँगाथुँगा रित्तै,
फुलमा भवँराको भुनभुन हरायो।

जताततै छ अचेल खोजी मन्छेकै,
माया हो कि मन खै कुन हरायो।

आज फेरी आकाशको जुन हरायो।
लाग्यो आफ्नै गजलको धुन हरायो।

असर छ बेग्लै...........


गजल
त्यही हेराइको असर छ बेग्लै।
हिजोभन्दा धेरै नजर छ बेग्लै।

गाउँबस्तीमा अंध्यारो नै अँध्यारो,
झिलिमिली आज शहर छ बेग्लै।

छुट्यो नाता किनारसँग उसको,
चुपचाप एक्लो लहर छ बेग्लै।

Friday, September 12, 2008

सँगसङ्गै दु:ख पन्छाउथ्योउँ हामी..............

सोरठी मारुनी घन्काउथ्योउँ हामी

गजल
सँगसङ्गै दु:ख पन्छाउथ्योउँ हामी।
घरीघरी आँखा सन्काउथ्योउँ हामी।

चोखो साइनोमा दुनियाँको नजर,
बेलाबेला आसुँ मन्छाउथ्योउँ हामी।

बज्थे सारङ्गी, बाँसुरी, र मादलु।
सोरठी मारुनी घन्काउथ्योउँ हामी।

लम्ब्याउँदा धेरैधेरै चुँडिन के बेर?
थोरैथोरै मात्र तन्काउथ्योउँ हामी।

नयाँ भएपनि खिया लाग्ने डर सधैँ,
दिनदिनै माया चम्काउथोउँ हामी।

सितलुमा सितलु जलन पिरतीको,
सधैसधैं राँको दन्काउथ्योउँ हामी।

सँगसङ्गै दु:ख पन्छाउथ्योउँ हामी।
घरीघरी आँखा सन्कौथ्योउँ हामी।

उर्लिआऊने छालको हुन्न रहेछ भर...........


गजल
उर्लिआऊने छालको हुन्न रहेछ भर।
बगाइलाने सधैं- सधैं हुदोरैहेछ डर।

बनाउँदै गयोजति सपनाजस्तै सुन्दर,
हावाझोँका उडाइलान्छ बालुवाको घर।

होला रहर कति किनारमै रमाउने,
फर्किजानुपर्ने आखिर छाललाई पर।

सोचेजस्तो हुन्न जिन्दगानीमा आखिर,
कहिले उठ्नुपर्ने कहिले झुक्नुपर्ने कर।

उर्लिआऊने छालको हुन्न रहेछ भर।
बगाइलाने सधैं सधैं हुदोरैहेछ डर।

Tuesday, September 9, 2008

सिउँडी भने हुन्छ गुलाफ भने हुन्छ...............


गजल
असल भने हुन्छ खराब भने हुन्छ।
अंम्रिृत भने हुन्छ सराब भने हुन्छ।

आज एुऊटा हुन्छ भोली अर्कै हुन्छ,
मुहार भने हुन्छ नकाब भने हुन्छ।

मौनता नै आज प्रतिक्रिया तिमीलाई!
जिज्ञासा भने हुन्छ जवाफ भने हुन्छ।

जसले जान्छ बिर्सी याद गर्नु उसैको,
रहर भने हुन्छ दबाब भने हुन्छ।

खस्दैन आसुँ तर परेली छ् भरिभरी,
प्रसस्त भने हुन्छ अभाव भने हुन्छ।

जेसुकै भन आखिर ज्योतिपुण्ज खुसी,
सिउँडी भने हुन्छ गुलाफ भने हुन्छ।

असल भने हुन्छ खराब भने हुन्छ।
अंम्रिृत भने हुन्छ सराब भने हुन्छ।

Monday, September 8, 2008

सोचेजस्तो कहाँ बन्छ र फुलमाला जिन्दगीको............


गजल
परेलीभरि आसुँ जति सुकाएको भन्छन् मलाई।
हाँस्दा पनि दु:खभित्रै लुकाएको भन्छन् मलाई।

कस्ले जित्न सक्छ बाजी लडेर एक्लै दुनियाँमा?
हारेर नै होला नजर झुकाएको भन्छन् मलाई।

सोचेजस्तो कहाँ बन्छ र फुलमाला जिन्दगीको?
गाँठोपारी पटक पटक फुकाएको भन्छन् मलाई।

कस्ले सक्छ रुवाऊन यहाँ मनै बलियोभएपछि,
जानी जानी चित्त आँफै दु:खाएको भन्छन् मलाई।

हुँदा आकासमा ज्योतिपुण्ज टाढा धेरै जुनरानी,
हिसाब बराबरि आखिर चुकाएको भन्छन् मलाई।

परेलीभरि आसुँ जति सुकाएको भन्छन् मलाई।
हाँस्दा पनि दु:खभित्रै लुकाएको भन्छन् मलाई।

Sunday, August 17, 2008

पुजेर कसले हिँड्छ र देउता मनभित्रको................


गजल
आऊँदैन बिहान कहिल्यै राती हुन्छ यहाँ।
घामले धोका दिँदा पनि जाती हुन्छ यहाँ।

कति दिनु अझै दोश निर्दोश जिन्दगीलाई,
आफ्नै मन पनि अन्त्तर-घाती हुन्छ यहाँ।

पुजेर कसले हिँड्छ र देउता मनभित्रको,
पत्थरमुर्ति वरिपरि फुल पाती हुन्छ यहाँ।

होला कुनै चिनो अवस्य साईनो पिरतीको,
यादहरु मात्रै आखिर ताँती हुन्छ यहाँ।

बाचाकसम खाएजति पुरा गर्नु किन पर्यो?
झुटाझुटा आस्वासन सबै थाँती हुन्छ यहाँ।

आऊँदैन बिहान कहिल्यै राती हुन्छ यहाँ।
घामले धोका दिँदा पनि जाती हुन्छ यहाँ।

Tuesday, August 12, 2008

जुनरानीलाई....................


गजल
हिजो राती हेरेँ, जुनरानीलाई।
अङ्गालोमा बेरेँ, जुनरानीलाई।

लगिरह्यो कतै निभिजाने डर,
बादलुले घेरेँ, जुनरानीलाई।

होइन कि त्यो उज्यालो उसैको,
कस्को भनी केरेँ, जुनरानीलाई।

पुरा भो खोज 'ज्योतिपुण्ज'को,
मायाधोको फेरेँ, जुनरानीलाई

हिजो राती हेरेँ, जुनरानीलाई।
अङ्गालोमा बेरेँ, जुनरानीलाई।




Monday, August 11, 2008

देशको कथा..............................

गजल
सिरमा लाग्दा कालो बादल छाना भरिभरी।
देशको कथा लेख्ने को छ पाना भरिभरी।

पराइकै भरमा खाने ठुलै दाउ छ हजुरको,
ल्याउनु भो कति पोल्टामा दाना भरिभरि।

सोचेर हुन्छ कहाँँ फुर्सद अझै उनीहरुलाई,
बुन्न सडयन्त्रको नयाँ ताना-बाना भरिभरि।

झिल्काझिल्का मिली बन्छ राँको आखिरीमा,
आकाशमा हेर जुन- तारा साना भरिभरी।

कसले सुन्ने आवाज सोझो 'ज्योतिपुण्ज'को
बेइमानीकै हुन्छ रे भाउ जमाना भरिभरी।

सिरमा लाग्दा कालो बादल छाना भरिभरी।
देशको कथा लेख्ने को छ पाना भरिभरी।

Sunday, August 10, 2008

मनमा हुन्न तस्बिर .............................

मनमा हुन्न तस्बिर भित्तैमा मिल्छ यहाँ.........
गजल
मनमा हुन्न तस्बिर भित्तैमा मिल्छ यहाँ।
यादरुमात्रै आखिर सित्तैमा मिल्छ यहाँ।

जति हुन्छ गहिरो निको हुन त्यती गाह्रो,
घाऊ त्यही कमलो चित्तैमा मिल्छ यहाँ।

हुन्छ नौलोनौलो आसा नयाँ आऊनेहरुबाट,
जो पनि बेइमानीको कित्तैमा मिल्छ यहाँ।

झर्छ होला सायद आसुँ मनको आँखाबाट,
खोली हेर्दा परेली त रित्तैमा मिल्छ यहाँँ।

कसले गर्ने हो अब खोजी जुनरानीको ?
'ज्योतिपुण्ज'लाई औँसी चिट्ठैमा मिल्छ यहाँ।

मनमा हुन्न तस्बिर भित्तैमा मिल्छ यहाँ।
यादरुमात्रै आखिर सित्तैमा मिल्छ यहाँ।

Saturday, August 9, 2008

नाच कठपुतली धागो अरु कसैको........................



गजल
बोली पटक- पटक फेर्ने धेरै भए।
सिमानामा हाम्रो घर घेर्ने धेरै भए।

नाच कठपुतली धागो अरु कसैको,
आफ्ना छोडी बैरीलाई टेर्ने धेरै भए।

कथा भित्रभित्रै आफ्नै गाउँ-सहरको,
लेख्नेबुझ्ने छैनन् कोही केर्ने धेरै भए।

मुखमा छ राम-राम बगलीमा छुरा,
एक्कासी पो अङ्गालोमा बेर्ने धेरै भए।

सुरु हुनुपर्ने तयारी अन्तिम युद्धको,
गर्ने भन्दा पनि आज हेर्ने धेरै भए।

बोली पटक- पटक फेर्ने धेरै भए।
सिमानामा हाम्रो घर घेर्ने धेरै भए।

Sunday, August 3, 2008

गुराँसलाइ आफ्नै पाखोभिर...............


गजल
हिरामोती होइन चोखो मन काफी हुन्छ।
न्यानो अङ्गालोभित्र आफ्नोपन काफी हुन्छ।

कहिले हाँसो लहर हजुर,कहिले आँसु बर्सा,
जिउन सङ्ग-सङ्गै यति धन काफी हुन्छ।

जुराउनु कुन साइत अब साइनो गाँस्नलाई?
मिल्छ जब साथ त्यही लगन काफी हुन्छ।

उडिजाला बालुवाघर माया, सानै हावाहुरिले,
डढेलोलाई एकै झिल्को जलन काफी हुन्छ।

गाह्रो हुन्छ सँधै मनभित्र फुलाई राख्नलाई,
गुराँसलाइ आफ्नै पाखोभिर बन काफी हुन्छ।

सहनु कसरी कति मौनता त्यो मायालुको?
गाली नै सही तर तितो बचन काफी हुन्छ।

मिलन छ भने बिछोड पनि होला सङ्गै,
बुझ्नलाई जिन्दगी यति चलन काफी हुन्छ।

Saturday, July 12, 2008

जिन्दगानी घटाऊ-जोड गजबको........

सुखमात्र पनि किन्न मिल्छ अचेल,
हुनुपर्छ आफुसङ्ग करोड गजबको।

गजल
मिलनभन्दा पनि बिछोड गजबको।
जिन्दगानी घटाऊ-जोड गजबको।

जित हार बाटै सबै फैसला यहाँ,
खेल न हो आखिर होड गजबको।

सुखमात्र पनि किन्न मिल्छ अचेल,
हुनुपर्छ आफुसङ्ग करोड गजबको।

दोबाटोमै मिल्नुपर्छ दोबाटोमै छुटिनु,
आऊँछ घरि- घरि मोड गजबको।

मिलनभन्दा पनि बिछोड गजबको।
जिन्दगिमा घटाऊ-जोड गजबको।

Monday, July 7, 2008

खेल पिरतीमा



गजल
गर्ने नै हो भने झेल पिरतीमा।
येसपालि मौका खेल पिरतीमा।

कथा भो, घातैघातको आखिर,
अब के होला, मेल पिरतीमा।

को को बग्ने यो बाढी पहिरोमा,
ठुलै आज भेल पिरतीम।

बिरानो मन 'ज्योतिपुण्ज'को,
थुन्नु खै कस्लाई जेल पिरतीमा।

गर्ने नै हो भने झेल पिरतिमा।
येसपालि मौका खेल पिरतीमा।

Friday, July 4, 2008

हिजोसम्म सँगै माया आज पर हुँदोरहेछ........

जती धेरै खुशी आज उती दु: भोली

गजल
आफन्त भन्दा पनि पराई वर हुँदोरहेछ।
हिजोसम्म सँगै माया आज पर हुँदोरहेछ।

एकैछिनको बिसाउनी यात्रीलाई चौतारो,
आज छहारी पिपलु भोली बर हुँदोरहेछ।

थुनी नराख्नु कसैलाई मनको पिँजडामा,
बन चरीलाई बनै हजुर घर हुँदोरहेछ।

आफु हाँसी अरु रुवाउनेको सम्झना अझै,
उसैलाई सधै आफ्नो भन्न कर हुँदोरहेछ।

बाचा कसम खानु तोड्नलाइ नै हो भने,
अखिरि सँसारमा कसको भर हुँदोरहेछ।

जती धेरै खुशी आज उती दु: भोली,
दिल खोलेर हाँस्न यहाँ डर हुँदोरहेछ।

आफन्त भन्दा पनि पराई वर हुँदोरहेछ।
हिजोसम्म सँगै माया आज पर हुँदोरहेछ।






गुमाएपछी इज्जत कमाउन गाह्रो.


गजल
गुमाएपछी इज्जत कमाउन गाह्रो।
एकान्तमा एक्लै हाँसी रमाउन गाह्रो।

सुकिजाला सबै फेरी आँखा वरीपरी,
सकिएपछी आँसु हुन्छ जमाउन गाह्रो।

हुन्छ पटक पटक रेटिने डर सधैं,
निस्ठुरिको हातमा मन थमाउन गाह्रो।

भ्रमको सानै हुरीले उडिजान के बेर,
माया रै'छ बालुवाघर बनाउन गाह्रो।

जती पिउँदै गयो उती बढ्ने तिर्खा,
पिएपछी एकचोटी अघाउन गाह्रो।

एुऊटा भाको मन दिएपछी कसैलाई
फेरी अब अरुलाई अप्नाउन गाह्रो।

गुमाएपछी इज्जत कमाउन गाह्रो।
एकान्तमा एक्लै हाँसी रमाउन गाह्रो।

Friday, June 27, 2008

माया त्यो गीत हुन्छ गाउनेहरुलाई मात्र.................

जानेहरु जालान् फुलैफुलको बाटो भयेर,
काँडा जती भागमा धाउनेहरुलाई मात्र



गजल
परीभासा थाहा हुन्छ लाउनेहरुलाई मात्र।
माया त्यो गीत हुन्छ गाउनेहरुलाई मात्र।

पाउनेले चिठी-पत्र च्याती फ्यँकिदेला
शब्दशब्द सबै प्यारो पठाउनेहरुलाई मात्र।

जानेहरु जालान् फुलैफुलको बाटो भयेर,
काँडा जती भागमा धाउनेहरुलाई मात्र

नजिककै तिर्थ आखिर हेँला हुन्छ साथी,
मिल्दैन रे माया यहाँ आऊनेहरुलाई मात्र।

सुन्दा कती मिठो लाग्छ सारङ्गिको धुन,
गाह्रो हजुर कति बजाउनेहरुलाई मात्र।

परीभासा थाहा हुन्छ लाउनेहरुलाई मात्र।
माया त्यो गीत हुन्छ गाउनेहरुलाई मात्र।

उपहार कालो गुलाफ तिमीलाई....................................

उपहार कालो गुलाफ तिमीलाई


गजल
अबदेखी हुन्न है माफ तिमीलाई।
उपहार कालो गुलाफ तिमीलाई।

तिमी पनि एक प्रश्न पनि त्येस्तै,
के दिउँ आज जवाफ तिमीलाई।

बाहिरबाट देखिन्छ छर्लङ्गै मुहार,
सुहाउन्न कत्ती नकाब तिमीलाई।

कोही भन्छन् फुल कोही भन्छन् काँडा,
असल भनु या खराब तिमीलाई।

पिउँदा पनि मलाई छोएन रे मातले,
येसपाली आँसु सराब तिमीलाई।

'ज्योतिपुण्ज'सँग हुन्छ चाँदनीको चर्चा,
देखाउनुपर्ने धाक रवाफ तिमीलाई।

Sunday, June 22, 2008

फुलेर अयोउ तिमी.....................


गजल
मनको बगैँचामा फुलेर अयोउ तिमी।
फेरी थुँगा थुँगा झुलेर अयोउ तिमी।

चुम्न मन लाग्यो आज फुलभित्र केसरी,
पत्र पत्र सबै खुलेर अयोउ तिमी।

कहिले आँखाभरी त कहिले मनभरी
सबै कोशकोशमा डुलेर अयोउ तिमी।

पिउकि रस जति तिम्रो स्वाद गजब्को,
थोपा थोपा आँफै घुलेर अयोउ तिमी।

हुन्छ कहाँ माया आखिर मालीसँग जती,
भवँराको प्रस्ताब भुलेर अयोउ तिमी।

मनको बगैँचामा फुलेर अयोउ तिमी।
फेरी थुँगा थुँगा झुलेर अयोउ तिमी।

मौसम अनुकुल छ, पिएँ अलिकती.........


गजल
मौसम अनुकुल छ, पिएँ अलिकती।
फाटेको यो मनलाई सिएँ अलिकती।

जिउनु र पिउनुको सम्बन्ध अनौठो,
थोपाथोपा नशासनगै जिएँ अलिकती।

केही दिन केही लिन माहोल छ आज
हाँसो दीएँ साथी आँसु लिएँ अलिकती।

पानी हो आखिर पिउन हक सबैको,
माग्यो प्याला अर्कोले दिएँ अलिकती।

मौसम अनुकुल छ, पिएँ अलिकती।
फाटेको यो मनलाई सिएँ अलिकती।

हार जती मलाई भो जित तिम्रो लागि..............


गजल
हार जती मलाई भो जित तिम्रो लागि।
रात मेरो बिहानीको शीत तिम्रो लागि।

जे गरेपनि आखिर माया नै हो तिम्रो,
तिरस्कार भो मलाई प्रित तिम्रो लागि।

अजम्बरी हुन्छु म त तिमी बाचेँपछी,
बिस सबै मलाई त अंम्रित तिमीलाई।

सुनाऊने कि नयाँ, भाका तिम्रो आज,
शब्दशब्द जती मेरो गीत तिम्रो लागि।

हाम्रो साइनोको भयो नौलो पारीभासा,
आजदेखी केबल म मीत तिम्रो लागि।

हात थाम्ने कोहि भेट्योउ भने आखिर,
म पनि भैइदिउँला अतित तिम्रो लागि।

हार जती मलाई भो जित तिम्रो लागि।
रात मेरो बिहानीको शीत तिम्रो लागि।

Monday, June 16, 2008

रातै भयो भन्छ्योउ भने...................


जुनरानीलाई छैन अचेल भर आफ्नै उज्यालोको,
'ज्योतिपुन्ण्ज' सँगै रातै भयो भन्छ्योउ भने।

गजल

आऊँ खेलौँ अर्को खेल घातै भयो भन्छ्योउ भने।
हुँला दुबैजना होशमा मातै भयो भन्छ्योउ भने।

माग तिम्रो कति के के मैले पुरा गर्नुपर्ने हो र?
फुल तिमीलाई उपहार पातै भयो भन्छ्योउ भने।

जती जे जे लानु पर्छ लगे हुन्छ तिमीले सबै,
छुने केबल तिमिलै हातै भयोउ भन्छ्योउ भने

एक एक गर्दै पन्ना पल्टाउनुको मज्जा अर्कै,
पढुँला म तिमिलाई खातै भयो भन्छ्योउ भने।

लेख्ने कि नयाँ नयाँ हामी दुइको कथा त्येस्मा
इन्द्रेनिमा खालि रङ्ग सातै भयो भन्छ्योउ भने।

परिभासा मागे अरुले प्रमाण होला भोलि यो पल,
अपरिचित हामीबिचको नातै भयो भन्छ्योउ भने।

जुनरानीलाई छैन अचेल भर आफ्नै उज्यालोको
'ज्योतिपुन्ण्ज' सँगै छ रातै भयो भन्छ्योउ भने।

आऊँ खेलौँ अर्को खेल घातै भयो भन्छ्योउ भने।
हुँला दुबैजना होशमा मातै भयो भन्छ्योउ भने।

Wednesday, June 11, 2008

माया भनेकै मिलेर सिक्नु सिकाउनु हो..........


गजल
आफु हारेर पनि उसलाई जिताउनु हो।
माया भनेकै मिलेर सिक्नु सिकाउनु हो।

बचेपनि एकजना हुन्छ माया अजम्बरि,
पियेर बिश् पनि अंम्रित पिलाउनु हो।

हुन त हुन्छ साथी च्यातिने डर सधै,
फाटेपनि पटक पटक सिलाउनु हो।

खालि प्याला पिउनुमा मज्जा छैन केहि
अलिअलि नसा यादको मिलाउनु हो।

अस्तित्व उसको हो भने तिम्रो अन्त्य,
'ज्योतिपुन्ज' दियो अखिर निभाउनु हो।

आफु हारेर पनि उसलाई जिताउनु हो।
माया भनेकै मिलेर सिक्नु सिकाउनु हो।

के पायोउ तिमीले?


गजल
पातमात्रै बोटमा राखेर के पायोउ तिमीले?
फेरि नयाँ कोपिला भाँचेर के पायोउ तिमीले?

आसुँ तिमीलाई कसैको उपहार भए पछि,
लुकिछिपी एक्लै हाँसेर के पायोउ तिमीले?

जहिले पनि सुन्छु हजुर् हार र जितको कुरा,
खेलैखेलमा जीवन बाँचेर के पायोउ तिमीले?

बन्यो आखिर त्यो पनि पापीहरुको शहर,
मायाको गाउँ सानो मासेर के पायोउ तिमीले?

चुडाउँनु नै थियो भने आखिरीमा त्यसरी,
साईनो कमजोर गाँसेर के पायोउ तिमीले?

पातमात्रै बोटमा राखेर के पायोउ तिमीले?
फेरि नयाँ कोपिला भाँचेर के पायोउ तिमीले?

Friday, May 30, 2008

कथा आँफैभित्र..................


गजल
लेख्न कति बाँकी कथा आँफैभित्र।
मेट्न कति बाँकी कथा आँफैभित्र।

दिनदिनै देख्छु नौलो नौलो रङ्ग,
भेट्न कति बाँकी कथा आँफै भित्र।

सुनाउनु के खाली आँसुको मात्रै,
सेक्न कति बाँकी कथा आँफैभित्र।

जती लेख्दै गयो लम्बिने डर उती,
छेक्न कति बाँकी कथा आँफैभित्र।

पढ्ने धेरै छन् यहाँ,किन्ने अझ धेरै,
बेच्न कति बाँकी कथा आँफैभित्र।

लेख्न कति बाँकी कथा आँफैभित्र।
मेट्न कति बाँकी कथा आँफैभित्र।

Wednesday, May 28, 2008

जिन्दगानी


गजल
पुरा नहुने अभिलाषा जिन्दगानी।
हर दिन नयाँ आसा जिन्दगानी।

जित भन्दा पनि हार हुन्छ धेरै,
कपटी सकुनिको पासा जिन्दगानी।

छ आफ्नै जिउने नियम अपवाद,
दुनियाँलाई भो तमासा जिन्दगानी।

न त बुझ्छु सुनेर न बुझ्छु पढेर,
बिरानो एूऊटा भाषा जिन्दगानी।

पुरा नहुने अभिलाषा जिन्दगानी।
हर दिन नयाँ आसा जिन्दगानी।

Friday, May 2, 2008

पुछेकी छैनौ आँसु......................


गजल
पुछेकी छैनौ आँसु खसिरा'छ हेर।
घाऊ कति मुटुभित्र बसिरा'छ हेर।

न मरेको छु म न त छु जिउँदै,
घाँटीमा त्येहि पासो कसिरा'छ हेर।

कोसकोस जमेको छ बिस धोकाको
पलपल पिडाले यहाँ डसिरा'छ हेर।

बन्दैछ चित्र आज मेरो क्यानभासमा,
रगतको रङ्ग आफै धसिरा'छ हेर।

जालमा परेको छ अलौकिक सिकार,
'ज्योतिपुण्ज' एक्लैमात्र फसिरा'छ हेर।

पुछेकी छैनौ आँसु खसिरा'छ हेर।
घाऊ कति मुटुभित्र बसिरा'छ हेर।

गजल
बेलाबेला रगत यो बगाउनुको अर्थ के?
फेरी घाउमा मलम लगाउनुको अर्थ के?

सुताउनु थियो भने दिएर बिश आखिर,
बिचमै निन्द्राबाट जगाउनुको अर्थ के?

निम्तो नपाईकन आएको होइन म पनि,
अहिले फेरी पर भागाउनुको अर्थ के?

देखिन्छ बाहिरबाट मन तिम्रो छर्लङ्गै,
मुहारमा मुकुन्डो लगाउनुको अर्थ के?

माया हो यो प्यास बढ्नुपर्ने अझै झन् ,
नरित्याइ प्याला अघाउनुको अर्थ के?

आखिर झरीले पखालिन लेख्या रहेछ,
मनभित्रको चित्र रङ्गाउनुको अर्थ के?

बिछोडमा एक थोपा आसुँ छैन उपहार,
रुमाल पनि मबाटै मगाउनुको अर्थ के?

कुरेको हो आजसम्म बार्ताको प्रस्तावलाई ,
चिट्ठीमा रित्तो कागज पठाउनुको अर्थ के?

बेलाबेला रगत यो बगाउनुको अर्थ के?
फेरी घाउमा मलम लगाउनुको अर्थ के?

Thursday, May 1, 2008

मादल भएको छु.............



गजल
भन्छन् सबैजना पागल भएको छु।
दर्किन फेरी आज बादल भएको छु।

हिर्काऊँदै जाऊ बज्दै जान्छु अझै,
गाऊ लोकभाका मादल भएको छु।

खाली उसलाई सजाउनु मेरो काम,
उसको आँखामा गाजल भएको छु।

होस गर्नु केलाउँदा बियाँ तिमीले,
घुन लाग्या पुरनो चामल भएको छु।

भन्छन् सबैजना पागल भएको छु।
दर्किन फेरी आज बादल भएको छु।

देख्दा खेरी तिमीलाई.......................


गजल
देख्दा खेरी तिमीलाई किन बढ्छ चाप होला।
खोजी हेर मुटुभित्र कहिँ मेरो छाप होला।

भएका छन् धेरै घायल पुगेर तिम्रो वरिपरि,
छुन खोजुँ भने डर त्येतातिर धराप होला।

मनको पिँजडामा थुनी राखुँ भने पनि,
त्यो कतै तिम्रो लागि ठुलै करकाप होला।

मन चोखो भए त माया गर्नु कसैलाई,
मेरो लागि पुण्य हो दुनियाँलाई पाप होला।

अर्थ हुन्छ मेरो लागि तिम्रो हरेक शब्दको,
दु:खायोउ भने चित्त मेरो लागि सराप होला।

सँखा लागे मेरो माया जाँच्न दिन्छु तर,
आकाश जस्तै अनन्त येसको नाप होला।

आजसम्म जिन्दगीमा एुऊटै धुन बजिरह्यो,
नौलो राग गुण्जाउन कहिले आलाप होला।

हुनुपर्छ अब पहिचान मेरो पनि मायाको,
निस्कर्समा पुग्न कतिखेर वार्तालाप होला।

Wednesday, April 30, 2008

सपनीमा आऊँछ्योउ घरिघरि


गजल

अचेल सपनीमा आऊँछ्योउ घरिघरि।
मनको वरिपरि धाउँछयोउ घरिघरि।

बिर्सिएकी रहिनछ्यौ पुरानो धुन हाम्रो,
तेही सुरमा गजल गाउँछ्यौ घरिघरि।

आऊन पायेको छैन जान हतार हुने,
राखेर दुरी के कुन्नि पाउँछ्यौ घरिघरि।

चाहिन्छ जसरी पनि चाँदनीलाई रात,
कि आधा कि पुरा छाऊँछ्यौ घरिघरि।

जे जस्तो भएपनि तेजिलो देख्छु सधैं,
हिरामोतीकै लुगा लाउँछ्योउ घरिघरि।

अचेल सपनीमा आऊँछ्योउ घरिघरि।
मनको वरिपरि धाउँछ्योउ घरिघरि।

रेल गूड्दै जान्छ,धुँवा उड्दै जान्छ..............


गजल
बिरानो शहरमा यो मन पुग्दै जान्छ।
म उड्छु जस्तै धुँवा उड्दै जान्छ।

रोकिन्न कहिले पनि जिन्दगिको यात्रा,
हुन्छु टाढा अनि रेल गूड्दै जान्छ।

जग अन्तै नयाँ बनिरहेको होला,
जसै सपनाको महल टुट्दै जान्छ।

बलियो के हुन्थ्यो माया धेरै टुटेपछि,
गाँस्न त्येती गाह्रो जती चुँड्दै जान्छ।

कहिले हात सँगै कहिले हुन्छ पर,
थाम्न खोज्दा पनि अझै छुट्दै जान्छ।

बिदा लिन्छ दिनले साँझ पर्न थालेपछि,
घाम क्षितिजपारि पारी जब डुब्दै जान्छ।

जुनरानी पनि झिल्का भै बिलाएपछी,
'ज्योतिपुण्ज' प्रिथीवी पारी लुक्दै जान्छ।

बिरानो शहरमा यो मन पुग्दै जान्छ।
म उड्छु जस्तै धुँवा उड्दै जान्छ।

Tuesday, April 29, 2008

झुक्ने छैन अब..............


गजल
तरवारको सामुपनि झुक्ने छैन अब।
जस्तै घाम लागेपनि सुक्ने छैन अब।

निल्नै परेपनि सबै डर छैन मलाई,
बिश मायाको पिएर थुक्ने छैन अब।

अपवाद हुन सक्छु दुनियाँको लागि,
जमानाको नजरबाट लुक्नेछैन अब।

जती पढ्यो मन उती च्यात्दै जान्छन्,
आफ्नो कथा ब्यथा फुक्ने छैन अब।

उदाउनु रातमा दोश होइन उसको,
चाँदनीलाई हेरेर म भुक्ने छैन अब।

आज छुटे हात एुऊटा भोलि हजार्,
बिदा दिन कसैलाइ चुक्ने छैन अब।

तरवारको सामुपनि झुक्ने छैन अब।
जस्तै घाम लागेपनि सुक्ने छैन अब।

जादुगरी...........


गजल
मोहनी त्यो लट्ठै पार्ने बोली जादुगरी।
नजरको तिर अनि गोली जादुगरी।

दिन दुगुना रात चौगुना बढिराछ माया
आजभन्दा पनि हुनेछ भोली जादुगरी।

छानिँदै छ सबै हामीबिचको भिन्नता,
मायाको हो आखिर यो सोली जादुगरी

दुई किनारमा आज हामी भएर के भो,
नागौँला भोलि साँगुरो खोली जादुगरी

मनकै पिजँडाभित्र थुन्नु भाछ मलाई,
बाँधेर राख अझै भित्र चोली जादुगरी

देख्छु जतातै अचेल नौलो नौलो रङ्ग
लाग्छ हरेक दिन नयाँ होली जादुगरी।।

आऊनेछु लिएर म जन्ती उज्यालोको।
'ज्योतिपुण्ज' सँग सँगै टोली जादुगरी।

मोहनी त्यो लट्ठै पार्ने बोली जादुगरी।
नजरको तिर अनि गोली जादुगरी।

अबको महाभारत...........




गजल

दीऊँसै यहाँँ तारा झार्ने कुरा नगर।
फेरी रगत पोल्टामा पार्ने कुरा नगर।

येसपाली हुन्न भीस्मपीतामहको जन्म,
मत्स्यगन्धा सान्तनुलाई तार्ने कुरा नगर।

काम लाग्नेछैन अब सकुनीको पासा,
सधैँ जीवन जुवा जीत्ने हार्ने कुरा नगर।

गोपिनिको त्यो गति, क्रिस्नको लिला रे,
द्रौपदीको अस्मिता उघार्ने कुरा नगर


आज मरेर के भो भोली जन्मिन्छ ऊ,
अजरमर छ अभीमन्यू मार्ने कुरा नगर।

हरेक मान्छे एक्लब्य यसपालीको कथामा,
षड्यन्त्र भो द्रोणाचार्य सार्ने कुरा नगर।

चहिन्न भो फेरी त्येस्तै युद्ध हामीलाई,
फेरी पनि कूरूक्षेत्र खार्ने कुरा नगर।

दीऊँसै यहाँँ तारा झार्ने कुरा नगर।
फेरी रगत पोल्टामा पार्ने कुरा नगर।

अलग्गै बाटो...............


गजल

विचारमा नौलोनौलो फाटो देखियो।
आज हाम्रो अलग्गै बाटो देखियो।

देखाऊने दाँत अर्कै चपाउने अर्कै,
तिमीभित्र फरकै पाटो देखियो।

पूर्न खोजेको हो मैले सबै भिन्नता,
त्येही ठाउँमा बढी माटो देखियो।

निको त भएछन् हेर्दा घाऊ तर,
मनभित्र कति धेरै खाटो देखियो।

खुबै थियो धाक चोखो मायाको,
'ज्योतिपुण्ज' पनि लाटो देखियो।

के अर्थ?

बुलबुलको कथा....coming soon

धुवाँ उड्दै जान्छ coming soon......

बटुवाको कथा........ चाडै आउँदै छ.......

Monday, April 28, 2008

को हो मेरो हत्यारा............


गजल
बादलुलाई चिरेर घाम खोज्दैछु।
अचेल नयाँ नयाँ काम खोज्दैछु।

बस्थेँ म पहिला पापीहरुको शहरमा,
चोख्याउन आँफैलाई धाम खोज्दैछु।

कागज छ त्येसमा शब्द छैन केही,
नाम मात्र चिट्ठीलाई खाम खोज्दै छु।

मिल्छ कतातिर कुन्नि सित्तैमा आसुँ,
थप्नलाई अलिकती ,लाम खोज्दैछु।

लियेको मैले, उसको अग्निपरिछ्या,
कलियुगमा आफैँभित्र राम खोज्दैछु।

खबर पढेँ आज खुलेआम हत्या भो,
को हो मेरो हत्यारा नाम खोज्दैछु।

बादलुलाई चिरेर घाम खोज्दैछु।
अचेल नयाँ नयाँ काम खोज्दैछु।

साईनो आज खेल भयो भन्छे.........


गजल
हाम्रो साईनो आज खेल भयो भन्छे।
मेरो मनको घर पनि जेल भयो भन्छे।

जुवा हो रे जिन्दगी जुवा हो रे माया,
मबाटै खाली झेल भयो भन्छे।

गोही जस्तो छ रे मेरो बानी पनि,
आसुँ धेरै मेरो भेल भयो भन्छे।

मेरो लिग अर्कै, उसको लिग अर्कै रे,
अलग हाम्रो आज रेल भयो भन्छे।

हिजोसम्म कोश कोश एुऊटै छ भन्थी,
अाजदेखी बिचारमा बेमेल भयो भन्छे।

हाम्रो साईनो आज खेल भयो भन्छे।
मेरो मनको घर पनि जेल भयो भन्छे।

Sunday, April 27, 2008

हिमालयकी छोरी..................


गजल
बस्न देऊ नानीमा आँखा तयार राख।
तिम्रै धुनमा गाऊँछु भाका तयार राख।

बन्द थियो क्यारे अरुको लागि त्यो,
अौँदैछु म मनमा, नाका तयार राख।

बस्नुछैन मलाई यो बिरानो शहरमा,
हिमालयकी छोरी, पाखा तयार राख।

कस्तो हुने स्वरूप हाम्रो सम्बन्धको,
खेस्रामै सही तर खाका तयार राख।

बस्न देऊ नानीमा आँखा तयार राख।
तिम्रै धुनमा गाऊँछु भाका तयार राख।

म पिउँला जीवन धुँवाधुँवा बनाई...........



गजल
बाँकी जलन पनि मलाई देऊ अब।
झिल्का होउ भने जलाई देऊ अब।

म पिउँला जीवन धुँवाधुँवा बनाई,
बाल्ने छु राकोँ सलाई देऊ अब।

ओसिएको छैन अझै आँसुले म,
फुक बेलाबेला चलाई देऊ अब।

नपग्लिने दुनियाँमा के नै पो छ र?
फलामै हुँ भने गलाई देऊ अब,

जती बल्छु त्येती तिम्रो सफलता,
बेइमनी धेरै भो भलाई देऊ अब।

बाँकी जलन पनि मलाई देउ अब।
झिल्का होउ भने जलाई देऊ अब।

Friday, April 25, 2008

ऐनामा हेर्दा पनि, डर आँफैसँग.............


गजल
मलाई छैन अचेल, भर आँफैसँग।
ऐनामा हेर्दा पनि, डर आँफैसँग।

किन्याछु नयाँ मुकुन्डो गजबको
लाऊन गर्छु मुहारमा, कर आँफैसँग।

चहिन्न भो सहयात्राी यात्रामा अब,
चौतारोकै छन् पिपल-बर आँफैसँग।

घामले पोले के भो,पानीले रुझे के भो,
छानो छ अकासको, खर आँफैसँग।

बिरानो लाग्छ शहरबजार अचेल,
मनको एुऊटा कुना घर आँफैसँग।

मलाई छैन अचेल, भर आँफैसँग।
ऐनामा हेर्दा पनि, डर आँफैसँग।

साईनो तोडेको हुँ मैले.............


गजल
भाँचीदा पटकपटक जोडेको हुँ मैले।
आखिरीमा साईनो तोडेको हुँ मैले।

मैले पनि देखेको छु भँवरा झुमेको,
माली भैइ त्यो फुल, गोडेको हुँ मैले।

हरेक पल आऊँछ सिकायेर जान्छ।
येसपाली देखी रुन ,छोडेको हुँ मैले।

भेट हुँदा फेरी मुलबाटोमा आज,
गोरेटोतिर पाइला, मोडेको हुँ मैले।

बाहिर अर्कै देख्छु, भित्र अर्कै हुन्छन्,
खोल नयाँ त्येसपछि, ओढेको हुँ मैले।

मलाई प्यारो लाग्छ आफ्नै कथा-ब्यथा,
कहानी गजबको छ छोडेको, हुँ मैले।

भाँचीदा पटकपटक जोडेको हुँ मैले।
आखिरीमा साईनो, तोडेको हुँ मैले।