Thursday, September 18, 2008

दु:ख पर्यो भन्दैमा रुनु हुन्न हजुर.............

इन्द्रेणीजस्तै आखिर हराउन के बेर
गजल
निको नहोला घाऊ छुनु हुन्न हजुर।
दु:ख पर्यो भन्दैमा रुनु हुन्न हजुर।

भएपनि अपवाद दुनियाँको नजरमा,
जमानाजस्तो कहिलै हुनु हुन्न हजुर।

जे भो राम्रै भो,जे होला राम्रै होला,
कालोमैलो चाँदनीको धुनु हुन्न हजुर।

मधुरोमधुरो छ धुन अफ्नै मनभित्रको,
गीत गजल अरुको सुन्नु हुन्न हजुर।

इन्द्रेणीजस्तै आखिर हराउन के बेर,
सप्तरङ्गी सपनाहरु बुन्नु हुन्न हजुर।

हुन सक्छ मन्द बिस बोट भरिभरी,
नयाँनयाँ फुल-पात चुम्नु हुन्न हजुर।

निको नहोला घाऊ छुनु हुन्न हजुर।
दु:ख पर्यो भन्दैमा रुनु हुन्न हजुर।

2 comments:

Unknown said...
This comment has been removed by the author.
Unknown said...

ho ta. dukha paryo bhandaima runu ta kaha bho tani.. dukha pani ta amar chhaina ni.. yo pani sukha jastai jeewan ko euta paato ho..

good one..