Monday, September 8, 2008

सोचेजस्तो कहाँ बन्छ र फुलमाला जिन्दगीको............


गजल
परेलीभरि आसुँ जति सुकाएको भन्छन् मलाई।
हाँस्दा पनि दु:खभित्रै लुकाएको भन्छन् मलाई।

कस्ले जित्न सक्छ बाजी लडेर एक्लै दुनियाँमा?
हारेर नै होला नजर झुकाएको भन्छन् मलाई।

सोचेजस्तो कहाँ बन्छ र फुलमाला जिन्दगीको?
गाँठोपारी पटक पटक फुकाएको भन्छन् मलाई।

कस्ले सक्छ रुवाऊन यहाँ मनै बलियोभएपछि,
जानी जानी चित्त आँफै दु:खाएको भन्छन् मलाई।

हुँदा आकासमा ज्योतिपुण्ज टाढा धेरै जुनरानी,
हिसाब बराबरि आखिर चुकाएको भन्छन् मलाई।

परेलीभरि आसुँ जति सुकाएको भन्छन् मलाई।
हाँस्दा पनि दु:खभित्रै लुकाएको भन्छन् मलाई।

1 comment:

Sushil said...

nice comparision.sushil