Friday, June 27, 2008

माया त्यो गीत हुन्छ गाउनेहरुलाई मात्र.................

जानेहरु जालान् फुलैफुलको बाटो भयेर,
काँडा जती भागमा धाउनेहरुलाई मात्र



गजल
परीभासा थाहा हुन्छ लाउनेहरुलाई मात्र।
माया त्यो गीत हुन्छ गाउनेहरुलाई मात्र।

पाउनेले चिठी-पत्र च्याती फ्यँकिदेला
शब्दशब्द सबै प्यारो पठाउनेहरुलाई मात्र।

जानेहरु जालान् फुलैफुलको बाटो भयेर,
काँडा जती भागमा धाउनेहरुलाई मात्र

नजिककै तिर्थ आखिर हेँला हुन्छ साथी,
मिल्दैन रे माया यहाँ आऊनेहरुलाई मात्र।

सुन्दा कती मिठो लाग्छ सारङ्गिको धुन,
गाह्रो हजुर कति बजाउनेहरुलाई मात्र।

परीभासा थाहा हुन्छ लाउनेहरुलाई मात्र।
माया त्यो गीत हुन्छ गाउनेहरुलाई मात्र।

उपहार कालो गुलाफ तिमीलाई....................................

उपहार कालो गुलाफ तिमीलाई


गजल
अबदेखी हुन्न है माफ तिमीलाई।
उपहार कालो गुलाफ तिमीलाई।

तिमी पनि एक प्रश्न पनि त्येस्तै,
के दिउँ आज जवाफ तिमीलाई।

बाहिरबाट देखिन्छ छर्लङ्गै मुहार,
सुहाउन्न कत्ती नकाब तिमीलाई।

कोही भन्छन् फुल कोही भन्छन् काँडा,
असल भनु या खराब तिमीलाई।

पिउँदा पनि मलाई छोएन रे मातले,
येसपाली आँसु सराब तिमीलाई।

'ज्योतिपुण्ज'सँग हुन्छ चाँदनीको चर्चा,
देखाउनुपर्ने धाक रवाफ तिमीलाई।

Sunday, June 22, 2008

फुलेर अयोउ तिमी.....................


गजल
मनको बगैँचामा फुलेर अयोउ तिमी।
फेरी थुँगा थुँगा झुलेर अयोउ तिमी।

चुम्न मन लाग्यो आज फुलभित्र केसरी,
पत्र पत्र सबै खुलेर अयोउ तिमी।

कहिले आँखाभरी त कहिले मनभरी
सबै कोशकोशमा डुलेर अयोउ तिमी।

पिउकि रस जति तिम्रो स्वाद गजब्को,
थोपा थोपा आँफै घुलेर अयोउ तिमी।

हुन्छ कहाँ माया आखिर मालीसँग जती,
भवँराको प्रस्ताब भुलेर अयोउ तिमी।

मनको बगैँचामा फुलेर अयोउ तिमी।
फेरी थुँगा थुँगा झुलेर अयोउ तिमी।

मौसम अनुकुल छ, पिएँ अलिकती.........


गजल
मौसम अनुकुल छ, पिएँ अलिकती।
फाटेको यो मनलाई सिएँ अलिकती।

जिउनु र पिउनुको सम्बन्ध अनौठो,
थोपाथोपा नशासनगै जिएँ अलिकती।

केही दिन केही लिन माहोल छ आज
हाँसो दीएँ साथी आँसु लिएँ अलिकती।

पानी हो आखिर पिउन हक सबैको,
माग्यो प्याला अर्कोले दिएँ अलिकती।

मौसम अनुकुल छ, पिएँ अलिकती।
फाटेको यो मनलाई सिएँ अलिकती।

हार जती मलाई भो जित तिम्रो लागि..............


गजल
हार जती मलाई भो जित तिम्रो लागि।
रात मेरो बिहानीको शीत तिम्रो लागि।

जे गरेपनि आखिर माया नै हो तिम्रो,
तिरस्कार भो मलाई प्रित तिम्रो लागि।

अजम्बरी हुन्छु म त तिमी बाचेँपछी,
बिस सबै मलाई त अंम्रित तिमीलाई।

सुनाऊने कि नयाँ, भाका तिम्रो आज,
शब्दशब्द जती मेरो गीत तिम्रो लागि।

हाम्रो साइनोको भयो नौलो पारीभासा,
आजदेखी केबल म मीत तिम्रो लागि।

हात थाम्ने कोहि भेट्योउ भने आखिर,
म पनि भैइदिउँला अतित तिम्रो लागि।

हार जती मलाई भो जित तिम्रो लागि।
रात मेरो बिहानीको शीत तिम्रो लागि।

Monday, June 16, 2008

रातै भयो भन्छ्योउ भने...................


जुनरानीलाई छैन अचेल भर आफ्नै उज्यालोको,
'ज्योतिपुन्ण्ज' सँगै रातै भयो भन्छ्योउ भने।

गजल

आऊँ खेलौँ अर्को खेल घातै भयो भन्छ्योउ भने।
हुँला दुबैजना होशमा मातै भयो भन्छ्योउ भने।

माग तिम्रो कति के के मैले पुरा गर्नुपर्ने हो र?
फुल तिमीलाई उपहार पातै भयो भन्छ्योउ भने।

जती जे जे लानु पर्छ लगे हुन्छ तिमीले सबै,
छुने केबल तिमिलै हातै भयोउ भन्छ्योउ भने

एक एक गर्दै पन्ना पल्टाउनुको मज्जा अर्कै,
पढुँला म तिमिलाई खातै भयो भन्छ्योउ भने।

लेख्ने कि नयाँ नयाँ हामी दुइको कथा त्येस्मा
इन्द्रेनिमा खालि रङ्ग सातै भयो भन्छ्योउ भने।

परिभासा मागे अरुले प्रमाण होला भोलि यो पल,
अपरिचित हामीबिचको नातै भयो भन्छ्योउ भने।

जुनरानीलाई छैन अचेल भर आफ्नै उज्यालोको
'ज्योतिपुन्ण्ज' सँगै छ रातै भयो भन्छ्योउ भने।

आऊँ खेलौँ अर्को खेल घातै भयो भन्छ्योउ भने।
हुँला दुबैजना होशमा मातै भयो भन्छ्योउ भने।

Wednesday, June 11, 2008

माया भनेकै मिलेर सिक्नु सिकाउनु हो..........


गजल
आफु हारेर पनि उसलाई जिताउनु हो।
माया भनेकै मिलेर सिक्नु सिकाउनु हो।

बचेपनि एकजना हुन्छ माया अजम्बरि,
पियेर बिश् पनि अंम्रित पिलाउनु हो।

हुन त हुन्छ साथी च्यातिने डर सधै,
फाटेपनि पटक पटक सिलाउनु हो।

खालि प्याला पिउनुमा मज्जा छैन केहि
अलिअलि नसा यादको मिलाउनु हो।

अस्तित्व उसको हो भने तिम्रो अन्त्य,
'ज्योतिपुन्ज' दियो अखिर निभाउनु हो।

आफु हारेर पनि उसलाई जिताउनु हो।
माया भनेकै मिलेर सिक्नु सिकाउनु हो।

के पायोउ तिमीले?


गजल
पातमात्रै बोटमा राखेर के पायोउ तिमीले?
फेरि नयाँ कोपिला भाँचेर के पायोउ तिमीले?

आसुँ तिमीलाई कसैको उपहार भए पछि,
लुकिछिपी एक्लै हाँसेर के पायोउ तिमीले?

जहिले पनि सुन्छु हजुर् हार र जितको कुरा,
खेलैखेलमा जीवन बाँचेर के पायोउ तिमीले?

बन्यो आखिर त्यो पनि पापीहरुको शहर,
मायाको गाउँ सानो मासेर के पायोउ तिमीले?

चुडाउँनु नै थियो भने आखिरीमा त्यसरी,
साईनो कमजोर गाँसेर के पायोउ तिमीले?

पातमात्रै बोटमा राखेर के पायोउ तिमीले?
फेरि नयाँ कोपिला भाँचेर के पायोउ तिमीले?