Monday, December 8, 2008

बानी हुन्छ...........


गजल
घाइते मुटु आँफै सिलाउने बानी हुन्छ।
साँचेपनि माया धेरै बिलाउने बानी हुन्छ।

हेर्दा कति रमाइलो जुन ताराको जोडी,
औँसीमा एक्लैक्लै पिलपिलाउने बानी हुन्छ।

घाऊ निको भएपनी खत हुन्छ बाँकी,
बेलाबेला बल्झियेर चिलाउने बानी हुन्छ।

सोचे जस्तो कहाँ हुन्छ साइनो पिरतीको?
छुटायो आज, भोलि मिलाउने बानी हुन्छ।

दिनेछ अवस्य एकदिन उज्यालो जिन्दगीले,
कहिलेकहीँ अँध्यारो दिलाउने बानी हुछ।