Saturday, July 12, 2008

जिन्दगानी घटाऊ-जोड गजबको........

सुखमात्र पनि किन्न मिल्छ अचेल,
हुनुपर्छ आफुसङ्ग करोड गजबको।

गजल
मिलनभन्दा पनि बिछोड गजबको।
जिन्दगानी घटाऊ-जोड गजबको।

जित हार बाटै सबै फैसला यहाँ,
खेल न हो आखिर होड गजबको।

सुखमात्र पनि किन्न मिल्छ अचेल,
हुनुपर्छ आफुसङ्ग करोड गजबको।

दोबाटोमै मिल्नुपर्छ दोबाटोमै छुटिनु,
आऊँछ घरि- घरि मोड गजबको।

मिलनभन्दा पनि बिछोड गजबको।
जिन्दगिमा घटाऊ-जोड गजबको।

Monday, July 7, 2008

खेल पिरतीमा



गजल
गर्ने नै हो भने झेल पिरतीमा।
येसपालि मौका खेल पिरतीमा।

कथा भो, घातैघातको आखिर,
अब के होला, मेल पिरतीमा।

को को बग्ने यो बाढी पहिरोमा,
ठुलै आज भेल पिरतीम।

बिरानो मन 'ज्योतिपुण्ज'को,
थुन्नु खै कस्लाई जेल पिरतीमा।

गर्ने नै हो भने झेल पिरतिमा।
येसपालि मौका खेल पिरतीमा।

Friday, July 4, 2008

हिजोसम्म सँगै माया आज पर हुँदोरहेछ........

जती धेरै खुशी आज उती दु: भोली

गजल
आफन्त भन्दा पनि पराई वर हुँदोरहेछ।
हिजोसम्म सँगै माया आज पर हुँदोरहेछ।

एकैछिनको बिसाउनी यात्रीलाई चौतारो,
आज छहारी पिपलु भोली बर हुँदोरहेछ।

थुनी नराख्नु कसैलाई मनको पिँजडामा,
बन चरीलाई बनै हजुर घर हुँदोरहेछ।

आफु हाँसी अरु रुवाउनेको सम्झना अझै,
उसैलाई सधै आफ्नो भन्न कर हुँदोरहेछ।

बाचा कसम खानु तोड्नलाइ नै हो भने,
अखिरि सँसारमा कसको भर हुँदोरहेछ।

जती धेरै खुशी आज उती दु: भोली,
दिल खोलेर हाँस्न यहाँ डर हुँदोरहेछ।

आफन्त भन्दा पनि पराई वर हुँदोरहेछ।
हिजोसम्म सँगै माया आज पर हुँदोरहेछ।






गुमाएपछी इज्जत कमाउन गाह्रो.


गजल
गुमाएपछी इज्जत कमाउन गाह्रो।
एकान्तमा एक्लै हाँसी रमाउन गाह्रो।

सुकिजाला सबै फेरी आँखा वरीपरी,
सकिएपछी आँसु हुन्छ जमाउन गाह्रो।

हुन्छ पटक पटक रेटिने डर सधैं,
निस्ठुरिको हातमा मन थमाउन गाह्रो।

भ्रमको सानै हुरीले उडिजान के बेर,
माया रै'छ बालुवाघर बनाउन गाह्रो।

जती पिउँदै गयो उती बढ्ने तिर्खा,
पिएपछी एकचोटी अघाउन गाह्रो।

एुऊटा भाको मन दिएपछी कसैलाई
फेरी अब अरुलाई अप्नाउन गाह्रो।

गुमाएपछी इज्जत कमाउन गाह्रो।
एकान्तमा एक्लै हाँसी रमाउन गाह्रो।