Friday, July 4, 2008

हिजोसम्म सँगै माया आज पर हुँदोरहेछ........

जती धेरै खुशी आज उती दु: भोली

गजल
आफन्त भन्दा पनि पराई वर हुँदोरहेछ।
हिजोसम्म सँगै माया आज पर हुँदोरहेछ।

एकैछिनको बिसाउनी यात्रीलाई चौतारो,
आज छहारी पिपलु भोली बर हुँदोरहेछ।

थुनी नराख्नु कसैलाई मनको पिँजडामा,
बन चरीलाई बनै हजुर घर हुँदोरहेछ।

आफु हाँसी अरु रुवाउनेको सम्झना अझै,
उसैलाई सधै आफ्नो भन्न कर हुँदोरहेछ।

बाचा कसम खानु तोड्नलाइ नै हो भने,
अखिरि सँसारमा कसको भर हुँदोरहेछ।

जती धेरै खुशी आज उती दु: भोली,
दिल खोलेर हाँस्न यहाँ डर हुँदोरहेछ।

आफन्त भन्दा पनि पराई वर हुँदोरहेछ।
हिजोसम्म सँगै माया आज पर हुँदोरहेछ।






No comments: