Thursday, September 18, 2008

आज लाग्छ तिम्रो नजर छ बेग्लै..........


गजल
नौलो हेराइको असर छ बेग्लै।
आज लाग्छ तिम्रो नजर छ बेग्लै।

गाउँबस्तीमा अँध्यारो नै अँध्यारो,
झिलिमिली पनि शहर छ बेग्लै।

छुट्यो नाता छाल र किनारको,
चुपचाप एक्लै लहर छ बेग्लै।

साउन भदौमै सुकेपछि खहरे,
परपर सम्म बगर छ बेग्लै।

बिरानो-बिरानो गल्ली चोक-चोक,
तिम्रो बारेमा खबर छ बेग्लै।

नौलो हेराइको असर छ बेग्लै।
आज लाग्छ तिम्रो नजर छ बेग्लै।

No comments: