Saturday, April 19, 2008

साथी भेटेको छु


गजल
मन मील्ने एुउटा साथी भेटेको छु।
साथी भन्दा पनी माथी भेटेको छु

आँखैमा राख्दापनी नबिझाउने उनी,
देउता भन्दा पनी जाती भेटेको छु।

नभेटीएका होइनन् साथीहरु यात्रामा,
जीन्दगीमा धेरैधेरै घाती भेटेको छु।

नाम सोध्दा चाँदनी हो भन्छीन्,
उनकै आग्रह अनुसार राती भेटेको छु।

छोडेकी छीन् रे उन्ले पीरतीको चीनो,
देउरालीमा फुल अनी पाती भेटेको छु।

मन मील्ने एुउटा साथी भेटेको छु।
साथी भन्दा पनी माथी भेटेको छु

No comments: