Saturday, April 19, 2008

गजल छँदै छ


गजल
छोडेर गई उ,गजल छँदै छ।
तोडेर गई उ,गजल छँदै छ।

अरुसँगै आज नौलो नाता,
जोडेर गई उ,गजल छँदै छ।

अरुकै रहेछ पछयौरी उपहार,
ओढेर गई उ,गजल छँदै छ।

दोबाटोमा भेटेको थिएँ आज,
मोडेर गई उ,गजल छँदै छ।

फुल हुँ म, तर पात धेरै,
गोडेर गई उ,गजल छँदै छ।

छोडेर गई उ,गजल छँदै छ।
तोडेर गई उ,गजल छँदै छ।

No comments: