
गजल
छुनुमुनु छुनुमुनु छ चाल हजुरको।
चल्छ अझै ओठमा छाल हजुरको।
याद गरेर अचेल फुर्सद छैन मलाई,
के छ कुन्नी मनको हाल हजुरको।
रिसाउन पनि कत्ती मिठो अाउने,
सुन्न पये हुन्थ्यो गाल हजुरको।
मनको कुनामा थुन्नु भाछ मलाई,
छुतन मन नलाग्ने जाल हजुरको।
बहने पो हो कि अन्तैतिर कतै
राम्रो छैन समय काल हजुरको।
छुनुमुनु छुनुमुनु छ चाल हजुरको।
चल्छ अझै ओठमा छाल हजुरको।
No comments:
Post a Comment