
गजल
अचेल सपनीमा आऊँछ्योउ घरिघरि।
मनको वरिपरि धाउँछयोउ घरिघरि।
बिर्सिएकी रहिनछ्यौ पुरानो धुन हाम्रो,
तेही सुरमा गजल गाउँछ्यौ घरिघरि।
आऊन पायेको छैन जान हतार हुने,
राखेर दुरी के कुन्नि पाउँछ्यौ घरिघरि।
चाहिन्छ जसरी पनि चाँदनीलाई रात,
कि आधा कि पुरा छाऊँछ्यौ घरिघरि।
जे जस्तो भएपनि तेजिलो देख्छु सधैं,
हिरामोतीकै लुगा लाउँछ्योउ घरिघरि।
अचेल सपनीमा आऊँछ्योउ घरिघरि।
मनको वरिपरि धाउँछ्योउ घरिघरि।
No comments:
Post a Comment