गजल
जानु पर्यो रे टाढा दूरी चाहियो रे।
पिठ्युँमा मेरो धस्न छुरी चाहियो रे।
हल्लाउन नसकेसी मेरो आस्थाको बोट,
हावाको झोँका पुगेन आँधिहुरी चाहियो रे।
सौकिन छे ऊ सिकार गर्नलाई मेरो,
नाम मात्रको मबाटै मन्जुरी चाहियो रे।
जुन टिप्नु भनेको भये सक्थेँ बरु म,
हातमा लाउन सुनको चुरी चाहियो रे।
चडेछन् धेरैले घोडा, लडेछन् पनि,
रहर पुरा गर्न घरको धुरी चाहियो रे।
म आफैँ अब गनाउने भए रे वरिपरि,
बास्ना छर्न उसको कस्तुरी चाहियो रे।
जानु पर्यो रे टाढा दूरी चाहियो रे।
पिठ्युँमा मेरो धस्न छुरी चाहियो रे।
सुरेश 'ज्योतिपुण्ज'
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment