Monday, April 21, 2008
अचेल मलाई रुन आऊँदैन।
गजल
मनको घाऊ धुन आऊँदैन।
अचेल मलाई रुन आऊँदैन।
तिम्रो आवाजको के कुरा गर्छौ,
आफ्नै धुन पनि सुन्न आऊँदैन।
एुऊटा थियो दिसकेँ कसैलाई,
कुसुमे रुमाल बुन्न आऊँदैन।
छ आफ्नै सानो संसार मसँग,
अरुजस्तो मलाई हुन आऊँदैन।
मेरो छायाँ नै हो मेरो साथी,
अरुको मनलाई छुन आऊँदैन।
आँफै उज्यालो आफ्नै अकाशको,
'ज्योतिपुन्ज' सगँ जुन आऊँदैन।
मनको घाऊ धुन आऊँदैन।
अचेल मलाई रुन आऊँदैन।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment