
गजल
मोहनी त्यो लट्ठै पार्ने बोली जादुगरी।
नजरको तिर अनि गोली जादुगरी।
दिन दुगुना रात चौगुना बढिराछ माया
आजभन्दा पनि हुनेछ भोली जादुगरी।
छानिँदै छ सबै हामीबिचको भिन्नता,
मायाको हो आखिर यो सोली जादुगरी।
दुई किनारमा आज हामी भएर के भो,
नागौँला भोलि साँगुरो खोली जादुगरी।
मनकै पिजँडाभित्र थुन्नु भाछ मलाई,
बाँधेर राख अझै भित्र चोली जादुगरी।
देख्छु जतातै अचेल नौलो नौलो रङ्ग
लाग्छ हरेक दिन नयाँ होली जादुगरी।।
आऊनेछु लिएर म जन्ती उज्यालोको।
'ज्योतिपुण्ज' सँग सँगै टोली जादुगरी।
मोहनी त्यो लट्ठै पार्ने बोली जादुगरी।
नजरको तिर अनि गोली जादुगरी।
No comments:
Post a Comment