
गजल
बदनाम भएको छु आज हजुरको शहरमा।
पिउनु पर्यो बिश आज हजुरको रहरमा।
भन्थ्यो दुनियाँले गयो जमाना तेरो,
पुरानो म भएँ क्यारे हजुरको प्रहरमा।
जती नशा चढ्यो उती पिउँ लाग्ने,
के थियो जादु कुन्नि हजुरको असरमा।
मैले पनि चिनेको छु धेरै निस्ठुरी
सोझो मान्छेकै चिता हजुरको बगरमा।
चोट गहिरो हुन्छ भन्छन् बचनको धेरै,
घाउ हुन्न कत्तिपनि हजुरको पत्थरमा।
रिस पिरतिको पोख्नुपरयो मुटुमाथि,
उही छ मुहार पनि हजुरको खन्जरमा।
कमैले चिन्छन् सक्कली हिरामोतीलाई,
केही छ खोट सायेद हजुरको नजरमा।
तारा पनि हेर्न आऊँथे लुखिछिपी उसैलाई,
जुन खोइ आज चम्किँदैन हजुरको सगरमा।
बदनाम भएको छु अज हजुरको शहरमा।
पिउनु पर्यो बिश आज हजुरको रहरमा।
No comments:
Post a Comment