
गजल
मलाई छैन अचेल, भर आँफैसँग।
ऐनामा हेर्दा पनि, डर आँफैसँग।
किन्याछु नयाँ मुकुन्डो गजबको
लाऊन गर्छु मुहारमा, कर आँफैसँग।
चहिन्न भो सहयात्राी यात्रामा अब,
चौतारोकै छन् पिपल-बर आँफैसँग।
घामले पोले के भो,पानीले रुझे के भो,
छानो छ अकासको, खर आँफैसँग।
बिरानो लाग्छ शहरबजार अचेल,
मनको एुऊटा कुना घर आँफैसँग।
मलाई छैन अचेल, भर आँफैसँग।
ऐनामा हेर्दा पनि, डर आँफैसँग।
No comments:
Post a Comment