
गजल
कत्ती सुहाएको नाकमा फुली हजुरलाई।
सबै सीतल हीमाल चुली हजुरलाई।
खोल्न पाऊँछ एुउटैले मनको दैलो मेरो,
हातमा साँचो दीँदै भन्छु मुली हजुरलाई।
कहीले भेट्छु एुऊटा कुन कहिले अर्कोतिर,
फुर्सद छैन मनभित्र डुली हजुरलाई।
नाम पनी नयाँ राख्नुपर्यो अबदेखी,
बोलाऊँछु अब भन्दै ठुली हजुरलाई।
लाने हो की अन्तै कतै बगाएर समयले,
बाँच्न म कसरी सकुँला भुली हजुरलाई।
कत्ती सुहाएको नाकमा फुली हजुरलाई।
सबै सीतल हीमाल चुली हजुरलाई।
No comments:
Post a Comment