
गजल
दीऊँसै यहाँँ तारा झार्ने कुरा नगर।
फेरी रगत पोल्टामा पार्ने कुरा नगर।
येसपाली हुन्न भीस्मपीतामहको जन्म,
मत्स्यगन्धा सान्तनुलाई तार्ने कुरा नगर।
काम लाग्नेछैन अब सकुनीको पासा,
सधैँ जीवन जुवा जीत्ने हार्ने कुरा नगर।
गोपिनिको त्यो गति, क्रिस्नको लिला रे,
द्रौपदीको अस्मिता उघार्ने कुरा नगर
आज मरेर के भो भोली जन्मिन्छ ऊ,
अजरमर छ अभीमन्यू मार्ने कुरा नगर।
हरेक मान्छे एक्लब्य यसपालीको कथामा,
षड्यन्त्र भो द्रोणाचार्य सार्ने कुरा नगर।
चहिन्न भो फेरी त्येस्तै युद्ध हामीलाई,
फेरी पनि कूरूक्षेत्र खार्ने कुरा नगर।
दीऊँसै यहाँँ तारा झार्ने कुरा नगर।
फेरी रगत पोल्टामा पार्ने कुरा नगर।
No comments:
Post a Comment