
गजल
मेरै लागि हुन्छन् मेरा गजलहरु।
अज फेरी रुन्छन मेरा गजलहरु।
दुनियाँले कान थुनेर के भो र,
मेरै कुरा सुन्छन् मेरा गजलहरु।
चोपनु पर्दैन आँफैलाई गंगाजलैमा,
मन्को मैलो धुन्छन् मेरा गजलहरु।
पर्ला फेरी आँखामा आँसुको खडेरी
परेलीभित्रै थुन्छन् मेरा गजलहरु।
छैन यहाँ ब्यथा बुझिदिने कोही,
कथा मेरै बुन्छन् मेर गजलहरु।
मेरै लागि हुन्छन् मेरा गजलहरु।
अज फेरी रुन्छन मेरा गजलहरु।
No comments:
Post a Comment