
गजल
कहाँँ देखि आयोउ नाऊँ के हो तिम्रो?
शहरबजार हो कि गाउँ के हो तिम्रो?
जे पनि मिल्छ किन्नलाई यहाँ त,
साईनो जोडने हो भाउ के हो तिम्रो?
सडयन्त्र गर्दैछ्यौ कि तिमी यतातिर?
माया या धोका दाउ के हो तिम्रो?
रगतैरगतले लत्पतियेको देख्छु म त,
बचन या बन्चरो घाऊ के हो तिम्रो?
सबै हिसाबकितब हुन्छ पाप पुण्यको।
स्वर्ग हो कि नर्क ठाउँ के हो तिम्रो?
कहाँँ देखि आयोउ नाऊँ के हो तिम्रो?
शहरबजार हो कि गाउँ के हो तिम्रो?
No comments:
Post a Comment