Wednesday, June 2, 2010

गजल

गजल

तब साथी बिचार नयाँ,भने हुन्छ कञ्चन हुन्छ।
मस्तिस्कमन मिलाऊ,कति मिठो गन्थन हुन्छ।

मनमा खेल्छ एउटा कुरा, सोचाइमा अर्कै कुरा,
बिरोधाभास मान्छेभित्रै,त्यही साथी बन्धन हुन्छ।

पोख्नलाई सहि मानिस , ठाउँ समय पनि त्यस्तै
गाँठो पर्ला हजुर फेरी,खोल्न गार्हो झन्झन हुन्छ.।

कालकुटै आउला पै'ले, अमृतचाहिँ अलि पछी,
देउता को,दानब को छ,मिले दुबै मन्थन हुन्छ।


ज्योतिपुञ्ज सुरेश

No comments: