Tuesday, June 15, 2010

गजल दिन्छौ कती दु:ख,भुललाई सोधी हेरेँ। प्यासी तिमी आँफै,मुललाई सोधी हेरेँ।

गजल

दिन्छौ कती दु:ख,भुललाई सोधी हेरेँ।
प्यासी तिमी आँफै,मुललाई सोधी हेरेँ।

काँडा भएपछी,गुलाफ कती प्यारा,
टाँसी हेर्नु यता,सूललाई सोधी हेरेँ।

वारी म छु यता,पारी पुग्नलाई हिंडे,
भत्के पुग्ने कता,पुललाई सोधी हेरेँ।

चर्चा ठुलै यहाँ,मान्छेहरु कस्ताकस्ता,
गल्ती भयो फेरी ,हुललाई सोधी हेरेँ।

पत्र लाग्छ राम्रो,केसरी त झनै,
जरा कस्तो लाग्छ,फूललाई सोधी हेरेँ।

ज्योतिपुञ्ज सुरेश

No comments: