Tuesday, June 15, 2010

गजल लेख्न कति बाँकी, कथा आँफैभित्र। खेप्न कति बाँकी ,कथा आँफैभित्र।

गजल

लेख्न कति बाँकी, कथा आँफैभित्र।
खेप्न कति बाँकी ,कथा आँफैभित्र।

जहाँ हुन्छ अन्त्य,त्यहीबाट सुरु,
भेट्न कति बाँकी, कथा आँफैभित्र।

दुबै आँखा आज ,चिम्ली हेरेपछी,
देख्न कति बाँकी, कथा आँफैभित्र।

भिजे धेरै पाना,लेख्दा कतिचोटि,
सेक्न कति बाँकी, कथा आँफैभित्र।

निभ्न दिनु हुन्न,ज्योतिपुञ्ज जीवन
छेक्न कति बाँकी, कथा आँफैभित्र।


सगीतकार टिका भण्डारीबाट गजल एल्बम 'कथा आँफैभित्र' को लागि संगीत हुँदै गरेको मुल गजल।उपन्यास 'कथा आँफैभित्र' को सार गजल।।गाएन गजल एक महिनामा पुरा गर्ने लक्ष्य।
ज्योतिपुञ्ज सुरेश

No comments: