Tuesday, June 15, 2010

गजल ....मोतीपुञ्ज सुरेन्द्र

गजल

भेट्नलाई कति गाँठ, बोक्नु भो हजुर।
पराइकै थालमा कती, धोक्नु भो हजुर।

लिएर जानु भो, ब्यापारी कतिकती,
सुस्ता कालापानी मोल, तोक्नु भो हजुर।

उनैलाई भाकल गरी,चुनाव जित्ने दाउ,
कती खसी बोका बली, ठोक्नु भो हजुर।

छन त छन कती,बिस्वभरी हाम्रा साथी,
नाम चाँही पहिले त्यही सोच्नु भो हजुर।

तराजु यो न्यायको,छैन भार बराबरी,
हलुको मै देश राखी तोल्नु भो हजुर।

भेट्नलाई कति गाँठ, बोक्नु भो हजुर।
पराइकै थालैमा कती, धोक्नु भो हजुर।

मोतीपुञ्ज सुरेन्द्र

अन्तत खुलास गर्दछु।तिन बर्षको अथक मिहिनेत पररिस्रम पछी मेरो भाइ पनि अब गजल्मा हात हाल्न थालेको छ।उसको रुची ब्यङ्गतर्फ हो। आफुलाई ब्यङ्गकार भन्न रुचाउछ।आज ज्योतिपुञ्ज सुरेशको भाई 'मोतीपुञ्ज सुरेन्द्र' को यो गजल. उसलाई मेरो शुभकामना .गजल प्रस्तुत गर्न चाह्न्छु।

No comments: