Saturday, June 5, 2010

गजल

गजल

सुहाएको लौन कती फूली हजुरलाई।
सितल सबै हिमाल चुली हजुरलाई।

परिचय गरौँ भन्दा,लजाएर झुकेपछी,
नामचाँही राखिदिएँ ,ठुली हजुरलाई।

नानीभित्र दरबार छ,दैलो परेलीकै, ,
आँसुसाँचो हातैमा लौ,मुली हजुरलाई।

आँखाभित्र बसे कती,मनै खाली तर,
सिँहासनै आज दिएँ, हुली हजुरलाई।

मनमात्रै होइन यो,अर्धचेतन तिम्रो,
सोचाइमा खेलाउँछु ,डुली हजुरलाई।

याद गर्नु कसैलाई, रोगै मिठो हुन्छ,
निको भए बाँच्ने छैन,भुली हजुरलाई।

सुहाएको लौन कती, फूली हजुरलाई।
सितल सबै हिमाल, चुली हजुरलाई।

No comments: