Tuesday, June 8, 2010

गजल

गजल

सीमा कोरी सङ्गै बस्न गार्हो भा'छ अचेल।
पानी यतै जम्ने कुरा सार्हो भा'छ अचेल।

गाउँ बस्ती बग्ने हो कि,पै'रो ठुलै हजुर,
भिरपाखो घरै हाम्रो, तारो भा'छ अचेल।

घाऊ पहाड तराइ, हिमालको छुट्टै जस्तो,
बग्ने एकै रगतको धारो भा'छ अचेल।

सुनाउनु दुनियाँलाई,शान्त लाग्छ नेपाल,
उडाएको जस्तो आफ्नै छारो भा'छ अचेल।

साईनोको के काम,अब जीव परिजिवीको,
छिमेकी हो नाता अरे,फारो भा'छ अचेल।

सानो माछा हामी भये,ठुलोलाई ठुलै अर्को ,
बत्तीपुतली ऊ 'थ्यो छेपारो भा'छ अचेल।

सीमा कोरी सङ्गै बस्न गार्हो भा'छ अचेल।
पानी यतै जम्ने कुरा सार्हो भा'छ अचेल।

ज्योतिपुञ्ज सुरेश

No comments: