Saturday, June 5, 2010

आज गालीव गुरु।

गजल

मिठो गजल सुनाउँछु, आज गालीव गुरु।
कथा यो गुनगुनाउँछु, आज गालीव गूरु।

लेख्नलाई गजल कती,नियालेर हेरेँ आँफै,
ऐनामै सिर झुकाउँछु, आज गालीव गुरु।

हाँसे ओठ एकातिर,रोये आँखा त्यही बेला,
आसुँ पहिले सुकाउँछु, आज गालीव गुरु।

बुझेँ बल्ल जीवनगजल,गाउने पालो अब,
मौरी भै भुनभुनाउँछु, आज गालीव गुरु।

अँध्यारो त्यो मान्छे किन,भयो ज्योतिपुञ्ज,
भेटी कथा यो फुकाउँछु, आज गालीव गुरु।


ज्योतिपुञ्ज सुरेश
उर्दु साहित्यका शिखरपुरुश मिर्जा गालीवप्रती समर्पित।

No comments: