Wednesday, June 2, 2010

गजल दिल्ली दरबार जिन्दाबाद,ओली जिन्दाबाद। माकुनेको सरकार टिक्छ,भोली जिन्दाबाद।

गजल

दिल्ली दरबार जिन्दाबाद,ओली जिन्दाबाद।
माकुनेको सरकार टिक्छ,भोली जिन्दाबाद।

सिकार नै भयो भन्छे,सिकारीकी बिद्या,
जङ्गलमा छरिएका छन,चोली जिन्दाबाद।

सहनलाई गार्है पर्‍यो, गर्मी प्रचन्डैको,
मनै धोउँला रगतैमा, खोली जिन्दाबाद।

पराजय मात्रै होइन,गद्धार पनि गाँठे त्यो,
बारुदैमा धर्म ल्याउँछु,घोली जिन्दाबाद।

सरकारमा बस्छस,तँलाई गिरि'जा लौखा,
आउँदैछु लिएर काङ्ग्रेस,टोली जिन्दाबाद।

हिन्दीमा सोधे 'क्या चाहिये,म्याम सुजाता',
छान पर धानमन्त्रीमा,सोली जिन्दाबाद।

बन्दुकवाललाई ठुलै डर,खसे कट्टु गर्ने के?
पुरस्कारको तुना लाउँला,गोली जिन्दावाद।

लडेलडुन मोराहरु,ज्ञान आफ्नै स्रिपेच,
भनिदिउला चिप्लो जिब्रो,बोली जिन्दाबाद।

दिल्ली दरबार जिन्दाबाद,ओली जिन्दाबाद।
माकुनेको सरकार टिक्छ,भोली जिन्दाबाद।


jyotipunja Suresh

देसलाई यतिका बर्षसम्म गाइजात्रामा राख्नेहरुको नामै किटान गरेर आज गाइजात्रा मनाउदैछु।बेमौसम मै सहि।
खुलामञ्च मा छाती ठोकेर यो गजल वाचन गर्ने रहर।

No comments: