Tuesday, June 15, 2010

गजल-सहमती देखाउन ,मेला भयो आज। बाघैसँग स्याल हेर, भेला भयो आज

सहमती देखाउन ,मेला भयो आज।
बाघैसँग स्याल हेर, भेला भयो आज।

केर्नलाई केरे भै'गो बुँदा चाहेजती,
रमाउँला 'प्याकेज'मै, बेला भयो आज।

लाटा अरु सबै, आँफै बाठो जिन्दाबाद,
कोचाही यहाँ गुरु को,चेला भयो आज।

सकुनिको पासाजस्तो,पल्टिरा'छ देश,
हार्नेलाई जिताउने, खेला भयो आज।

नपाएसी मासुपनि मिठो हुन्न कि त,
छिमेकिले हाडै फ्याकी देला भयो आज।

सुनहिरा पकाएरै खा'का छन ठुलाहरु,
गरीबलाई हातभरी ,ठेला भयो आज।

No comments: