Tuesday, June 15, 2010

गजल

मान्छेमान्छे छुटाउने,भगवान त्यो कहाँ छ?
प्रमाण के जुटाउने, भगवान त्यो कहाँ छ?

आफ्नो मन पत्थरै भो,मन्दिरमा जोगाउने,
काँच बाँकी फुटाउने,भगवान त्यो कहाँ छ?

मार्नेचाहिँ हाँसेकै छ , मर्नेबाँच्ने रुवाएर,
दुखियाकै लुटाउने,भगवान त्यो कहाँ छ?

मान्छेमान्छे छुटाउने,भगवान त्यो कहाँ छ?
प्रमाण के जुटाउने, भगवान त्यो कहाँ छ?

No comments: