Friday, June 4, 2010

गजल खुट्टा चाल्दै गर्नु,तान्नेहरु तानिरहुन्। सोच खुलै हुन्छ,बान्नेहरु बानिरहुन।

गजल

खुट्टा चाल्दै गर्नु,तान्नेहरु तानिरहुन्।
सोच खुलै हुन्छ,बान्नेहरु बानिरहुन।

मितै बैरी लाग्छ,भक्त पुग्छ माथि,
ढोग्ने किन्न आफु,मान्नेहरु मानिरहुन।

दुख्न छोड्छ फेरी,लागेपछी धेरै धेरै,
घाऊसङ्ग के डर,हान्नेहरु हानिरहुन।

सोचाइको कुरा न हो,भोगाइको कुरा,
सत्य के झुठ के,जान्नेहरु जानिरहुन।

चर्चा होला ठुलै,पागल कस्ताकस्ता?
ज्योतिपुञ्ज पुरा,ठान्नेहरु ठानिरहुन।



ज्योतिपुञ्ज सुरेश

No comments: