Saturday, June 5, 2010

गजल बाँकी आगो जति, मलाई देऊ अब। झिल्का तिमी आँफै, जलाई देऊ अब।

गजल

बाँकी आगो जति, मलाई देऊ अब।
झिल्का तिमी आँफै, जलाई देऊ अब।

फूलपातको के कुरा,पत्थरको के कुरा,
सुन आज भन्छौ , गलाई देऊ अब।

धुँवाधुँवा जीवन,उडाउन पायेपछी,
पिउन मजा कति, सलाई देऊ अब।

रापै लाग्छ प्यारो,तापै लाग्छ प्यारो,
फुक बेलाबेला , चलाई देऊ अब।

सिँची हेर्नु माटो, खरानी यो छरेपछी,
ज्योतिपुञ्ज नयाँ फलाई देऊ अब।

No comments: